बनेपा÷आगामी साता असार २३ गते बनेपामा ३ नं. प्रदेश स्तरीय बृहत नृत्य महोत्सव हुने भएको छ । नृत्य निर्देशक संघ नेपाल काभ्रेले आयोजना गर्ने उक्त महोत्सवमा ३ नं. प्रदेशभित्र रहेका विविध मौलिक संस्कृति झल्कने नृत्य प्रस्तुत गरिने पत्रकार सम्मेलनमा आयोजकले जानकारी दिएको छ । आफूमा भएको क्षमता सिप विकासका अवसर नपाउँदा छरिएर रहेका कलाकारहरु रनभुल्लमा परिरहेको अवस्थामा महोत्सव प्रभावकारी रहने आयोजकले दावी गरे ।  महोत्सव बारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा संस्थाको बारेमा जानकारी गराउँदै नृत्य निर्देशक संघ नेपालका केन्द्रिय महासचिव नृपध्वज खत्रीले यस कार्यक्रमले यस प्रदेश भित्रका भौलिक कला संस्कृतिको संरक्षण संबद्र्धन, विकास गर्नुका साथै एकापसमा मौलिक संस्कृतिको आदान प्रदान तथा कला संस्कृतिको प्रचारप्रसारमा टेवा पुग्ने अपेक्षा गरेको बताए । ‘हाम्रो मौलिक पहिचान जोगाउँदै प्रत्येक आम जनमानसमा नेपालीपन अनि मौलिक कला संस्कृतिप्रति आकर्षण बढाउनु हाम्रो दायित्व पनि हो । यसको लागि बृहत नृत्य महोत्सव प्रभावकारी हुने भएकोले यो प्रस्तावनाको अवधारणा ल्याइएको हो ।’ महासचिव खत्रीले बताए ।
कलाकारहरुलाई क्षमता अभिवृद्धि तथा विकासको लागि आवश्यक कार्यशाला, क्षमता अभिवृद्धि जस्ता कार्यक्रम सरह महोत्सव प्रभावकारी हुने नृत्य निर्देशक संघ नेपाल काभ्रेका अध्यक्ष मोहन तौजलेले पत्रकार सम्मेलनमा बताए । जिल्ला अध्यक्ष तौजले भन्छन्–‘यस कार्यक्रमले प्रदेशभित्रका कला संस्कृति एवं स्थानीय मौलिक संस्कृतिलाई संरक्षण संबद्र्धन तथा विकासमा केहि मात्रामा भए पनि टेवा पु¥याउने र कार्यक्रम पश्चात यस क्षेत्रका यूवा वर्ग तथा कलाक्षेत्र प्रति लगाव राख्ने वर्गले केहि कला जान्न, सिक्न र अनुभव गर्न सक्नेछन् । र यस कार्यक्रमबाट प्राप्त ज्ञानलाई समाजका अन्य कलाकार माझ पनि पु¥याउन सक्ने आशा गर्न सकिन्छ । अधिकांश कलाकार तथा कलाप्रेमीहरु समेत यस कार्यक्रमबाट प्रभावित हुन सक्ने छन् ।’३ नं. प्रदेश भित्र रहेका विभिन्न जिल्लामा थुप्रै विविध कला संस्कृतिहरु रहेका छन् । यी कलाका संस्कृति अनि यहाँका मौलिक भाषा, रितिथिति, भेषभुषा, लोक संस्कृतिको संरक्षण सम्बद्र्धन गर्ने उद्देश्यले यो ‘३ नं. प्रदेश स्तरीय बृहत नृत्य महोत्सव २०७५’ कार्यक्रमको अवधारणा ल्याइएको बताए नृत्य नर्दिेशक संघ काभ्रेका सचिव अमरकृष्ण चन्दले बताए । महोत्सव बारे जानकारी दिँदै जिल्ला सचिव चन्दले थपे—‘मौलिक कला संस्कृतिको संरक्षण सम्बद्र्धन, जगेर्ना गर्ने तथा प्रचार प्रसार कार्य गर्ने । कलाक्षेत्र प्रति यूवावर्गलाई आकर्षित गर्ने तथा प्रचारपसार गर्ने । समाजमा व्याप्त विकृति विसंगति विरुद्ध कलाकारहरुमार्फत सचेतनामूलक कार्यक्रमहरु गरी विकृति विसंगतिहरुको अन्त्य गर्ने जस्ता कार्यमा सहयोग पुग्नेछ ।’पत्रकार सम्मेलनमा प्रस युनियन काभ्रेका अध्यक्ष तथा पत्रकार महासंघ काभ्रेका कोषाध्यक्ष कपिल कोईराला, प्रेस चौतारी काभ्रेका अध्यक्ष तथा प्राइम एफ एमका कार्यक्रम निर्देशक भुवन रायमाझीले यस किसिमको कार्यक्रम उपलब्धीमूलक हुने भएकोले मिडियाले समेत यस कार्यक्रमलाई सक्दो सहयोग पु¥याउने धारणा राखे । कार्यक्रम मार्फत स्थानीय कला संस्कृतिको प्रवद्र्धन गर्दै स्थानीय प्रतिभा, कला संस्कृतिको संरक्षण सम्बद्र्धन, जगेर्ना गर्ने तथा प्रचार प्रसार गर्दै कलाक्षेत्र प्रति यूवावर्गलाई आकर्षित गर्ने तथा प्रचारप्रसार गर्ने, नेपाली कलाक्षेत्रको बृहत्तर बिकास गर्ने, दक्ष कलाकारहरुको उत्पादन गर्ने र कलाक्षेत्रमा नयाँ पिँढीलाई तयार गर्ने उद्देश्यले नृत्य निर्देशकहरुको छाता संंगठनको रुपमा स्थापित नृत्य निर्देशक संघले विभिन्न जिल्लाहरुमा प्रभावकारी कार्यक्रमहरु गर्दै आएको छ । नृत्य निर्देशक संघ नेपालले वरिष्ठ नृत्य गुरुहरुलाई सम्मान गर्दे आएको छ । नृत्य गुरुहरुको जिवनी तथा तथ्याङ्क संकलन, नेपाली लोक नृत्य प्रतियोगिता,, राष्ट्रिय नृत्य महोत्सव जस्ता कार्यक्रम गर्दै आएको छ ।त्यस्तै नृत्य निर्देशक संघ काभ्रे शाखाले विविध स्थानमा सडक नृत्य कार्यक्रमका साथै, मौलिक लोक नृत्यको संरक्षण संवद्र्धनका कार्यक्रमहरु संचालन गर्दै आएकोमा यस कार्यक्रमले स्थानीय कला तथा संस्कृतिको संरक्षण सम्बद्र्धन गर्नुको साथै स्थानीय कला, साहित्य, रहन सहन, भेष भुषाका साथै स्थानीय प्रतिभाहरुको प्रतिभा प्रस्फुटन, बिकास र अवसर प्रदान गर्र्नेे कार्यमा सक्रिय रुपमा लागिपरेको छ ।

Comments

comments