डिलबहादुर थाेकर/काभ्रे । जिल्लाको तेमाल गाउँपालिकाको तेस्रो गाउँसभा आइतबार सम्पन्न भएको छ । ‘तेमालबासीको कामना, शान्ति र सम्बृद्धिको कामना’ भन्ने मूल नाराका साथ भएको उक्त गाउँसभामा अध्यक्ष सलाम सिं तामाङले नीति तथा कार्यक्रम र उपाध्यक्ष दुर्गामाया तामाङले आ.व. २०७५÷७६ को बजेट प्रस्तुत गरेका थिए ।

यस्तो छ बजेटः
तेमाल गाउँपालिकाको कुल बजेट ३१ करोड ४१ लाख ६२ हजार आय अनुमान गरिएको छ । अनुमानित आयमा आन्तरिक राजस्वबाट १ करोड ९४ लाख ३१ हजार ७ सय, राजस्व बाँडफाडबाट ५ करोड ७१ लाख ४८ हजार, अन्य आय आन्तरिक राजस्व बापत रु. ८ लाख, नेपाल सरकारबाट २१ करोड ५१ लाख र प्रदेश सरकारबाट २ करोड १६ लाख ८३ हजार रहेको छ ।

त्यसैगरि व्यय तर्फ चालुखर्च तर्फ २२ करोड ५५ लाख ३४ हजार र पूँजीगत तर्फ ८ करोड ८६ लाख २५ हजार अनुमान गरिएको छ ।

तेमालमा गापाका प्रत्येक वडाहरुबाट आएको योजनालाई नै प्राथकिकीकरणको आधारमा बजेट विनियोजन गरिएको उपाध्यक्ष तामाङले सभामा जानकारी दिएकी थिइन् ।
गापा अध्यक्षले सहमति तोडेको भन्दै गाउँसभा बहिष्कार
गाउँपालिका स्तरको योजनाहरुलाई बजेट तर्जुमा समितिले गरेको निर्णय विपरित गाउँपालिका अध्यक्ष र उपाध्यक्षले ब्यापक हेरफेर गरेको भन्दै १० जना कार्यपालिका सदस्यहरुले गाउँसभा बहिष्कार गरेका छन् ।
उपाध्यक्ष दुर्गामाया तामाङले बजेट भाषण गर्दैगर्दा समितिले गरेको निर्णयलाई हेरफेर गरेको भन्दै वडा नं. ८ का वडा अध्यक्ष लक्ष्मीबहादुर घिसिङले आपत्ति जनाउँदै बैठक बहिष्कारको घोषणा गरेका थिए ।
भिडियो हेर्नुहोस् ।
यस अघि बजेट तर्जुमा समितिले गाउँपालिका स्तरको योजनाहरु बनाएका थिए । जस अनुसार बोहोरे दोमान र कालीमाटी तेमाल प्रवेशद्वारका लागि २० लाख, तुम्सुम कुण्डा सिंडी निर्माणका लागि ५लाख, तेमाल साँस्कृतिक अध्ययन पर्यटन स्मारिकाका लागि ५० लाख, गाउँपालिका कार्यलयसम्म जाने सडक निर्माणका लागि ७ लाख, नारायणस्थान माविको घेराबारको लागि १० लाख बिनियोजन गरिएका थिए ।
समितिले निर्णय गरेको कुरालाई व्यापक हेरफेर गरेकोले गाउँसभा बहिष्कार गर्नु परेको वडा अध्यक्ष घिसिङले सभामा जानकारी गराए ।

आफ्ना वडा सदस्यहरुसँग समेत छलफल गर्ने समय नदिई बजेट तर्जुमा गर्न बाध्य बनाएको भन्दै आपत्ति जनाएका थिए । घिसिङले बहिष्कारको घोषणा गरेपछि गाउँसभा सदस्यहरु र गाउँ कार्यपालिका सदस्यहरु सभाहलबाट बाहिरीएका थिए ।

यसैबीच बहिष्कार पछि गाउँपालिका अध्यक्षलाई सम्बोधन गरि गाउँसभा बहिष्कार गर्नुको कारण खुलाई पत्र समेत दर्ता गरेका छन् । विशेष गरि नेपाल कम्युनिष्ट पार्टीसँग आबद्ध रहेका वडा अध्यक्षहरु तथा गाउँ कार्यपालिका सदस्य र गाउँसभा सदस्यहरुले बहिष्कार गरेका थिए । नेकपासँग आबद्ध वडा अध्यक्ष र गाउँकार्यपालिका सदस्यहरुको संख्या १० जना छन् भने नेपाली काँग्रेससँग आबद्ध वडा अध्यक्ष र गाउँपालिका अध्यक्ष उपाध्यक्ष गरि ७ जना मात्र रहेका छन् । त्यसैगरि गाउँसभामा १९ सदस्य नेपाली काँग्रेसबाट निर्वाचित संख्या रहेको छ भने नेपाल कम्युनिष्ट पार्टीबाट निर्वाचित संख्या २६ जना रहेको छ ।
जनसंख्या र भूगोलको आधारमा बजेट
तेमाल गाउँपालिकाले आ.व. २०७५÷७६ को बजेट भूगोल र जनसंख्याको आधारमा विनियोजन गरिएको छ । आ.व. २०७४÷७५ मा दामसही रुपमा बजेट बिनियोजन गरिएको थियो ।
यस्तो छ वडा स्तरीय बजेट बजेटः
१ नं. वडामा पूर्वाधार विकास तर्फ ४१ लाख २८ हजार ५ सय १२ रुपैयाँ, सामाजिक विकास तर्फ १० लाख ७६ हजार ८ सय २८, आर्थिक विकास तर्फ ५ लाख ४० हजार ८ सय २३ । जम्मा ५७ लाख ४६ हजार १ सय ६३ रुपैयाँ ।
२ नं. वडामा पूर्वाधार विकास तर्फ ४१ लाख २८ हजार ५ सय १२ रुपैयाँ, सामाजिक विकास तर्फ १० लाख ७६ हजार ८ सय २८, आर्थिक विकास तर्फ ५ लाख ४० हजार ८ सय २३ । जम्मा ५७ लाख ४६ हजार १ सय ६३ रुपैयाँ ।
३ नं. वडामा पूर्वाधार विकास तर्फ १९ लाख २३ हजार ३ सय ५, सामाजिक विकास तर्फ ४ लाख ३३ हजार ८ सय ८३, आर्थिक विकास तर्फ २ लाख १७ हजार ९ सय १६ । जम्मा २५ लाख ७५ हजार १ सय ४ रुपैयाँ ।
४ नं. वडामा पूर्वाधार विकास तर्फ २८ लाख ३७ हजार २ सय १५, सामाजिक विकास तर्फ ८ लाख २६ हजार ८ सय ४९, आर्थिक विकास तर्फ ४ लाख १५ हजार २ सय ८२ । जम्मा ४० लाख ७९ हजार ३ सय ४६ रुपैयाँ ।
५ नं. वडामा पूर्वाधार विकास तर्फ ६६ लाख ८८ हजार ३ सय ७२, सामाजिक विकास तर्फ ११ लाख ९३ हजार ८ रुपैयाँ, आर्थिक विकास तर्फ ५ लाख ९९ हजार २ सय १९ । जम्मा ८४ लाख ८० हजार ६ सय ६९ रुपैयाँ रुपैयाँ ।
६ नं. वडामा पूर्वाधार विकास तर्फ ५३ लाख २४ हजार ३ सय २६, सामाजिक विकास तर्फ १० लाख ३ हजार ७७ , आर्थिक विकास तर्फ ५ लाख ३ हजार ७ सय ९१ । जम्मा ६८ लाख ३१ हजार १ सय ९४ रुपैयाँ रुपैयाँ ।
७ नं. वडामा पूर्वाधार विकास तर्फ ४२ लाख ५२ हजार १ सय ९८, सामाजिक विकास तर्फ ११ लाख १५ हजार २ सय ९५, आर्थिक विकास तर्फ ५ लाख ६० हजार १ सय ५२ । जम्मा ५९ लाख ६७ हजार ६ सय ४५ रुपैयाँ ।
८ नं. वडामा पूर्वाधार विकास तर्फ ६१ लाख ४७ हजार ३ सय १, सामाजिक विकास तर्फ १३ लाख १८ हजार ६ सय ६५, आर्थिक विकास तर्फ ६ लाख ६२ हजार २ सय ९४ । जम्मा ८१ लाख २८ हजार २ सय ६० रुपैयाँ ।
९ नं. वडामा पूर्वाधार विकास तर्फ ६१ लाख ४७ हजार ३ सय १, सामाजिक विकास तर्फ ११ लाख ५६ हजार ६ सय १७, आर्थिक विकास तर्फ ५ लाख ८० हजार ९ सय ६ । जम्मा ७८ लाख ८४ हजार ८ सय २४ रुपैयाँ ।






















