काभ्रे । जिल्लामा राष्ट्रिय आर्थिक गणना–२०७५ को संख्या जिल्ला आर्थिक गणना कार्यालय काभ्रेपालञ्चोकले आज (बुधबार) सार्वजनिक गरेको छ ।

नेपालमा नै प्रथम पटक सञ्चालन भईरहेको राष्ट्रिय आर्थिक गणना ०७५ को जिल्लाभरि स्थलगत तथ्यांक संकलन समाप्त भई प्रारम्भिक संख्या सार्वजनिक गरिएको हो । जिल्लाभर खटिएका गणकहरुले जेष्ठ मसान्तसम्म जम्मा १४ हजार ३ सय ८ वटा प्रतिष्ठानको गणना सम्पन्न भएको छ । सबैभन्दा बढी बनेपामा ४ हजार ३ सय ४३ वटा, पनौती १ हजार ९ सय २ वटा गणना भएको छ भने डाँडापारी ५ सय १७, कोशी पारी ९ सय ११ वटा प्रतिष्ठान रहेका छन् ।

खानीखोला गापामा २ सय ४९, महाभारत गापामा २ सय ६८, भूम्लु गापामा ४ सय ४९, चौरीदेउराली गापामा ४ सय ६२, तेमाल गापामा ४ सय ६३, बेथानचोक गापामा ५ सय २, रोशी गापामा ७ सय ४६, मण्डनदेउपर नपामा १ हजार १४, नमोबद्ध नपा १ हजार २१, धुलिखेल नपामा १ हजार ४ सय ३०, पाँचखाल नपामा १ हजार ४ सय ५९, पनौति नपामा १ हजार ९ सय २, बनेपा नपामा ४ हजार ३ सय ४३ वटा रहेको छ ।

यसैगरी हालसम्म जिल्लाभरमा १ सय ३२ वटा प्रतिष्ठानले वेभसाइट साइट मार्फत स्वर्य विवरण ई सेन्सस मार्फत विवरण भरेका छन् । ट्याव्लेट मार्फत भरिएका कुल ८ सय २६ वटा प्रतिष्ठानको विवरण केन्द्रीय तथ्यांक विभागको सर्भरमा अपलोड भईसकेको अवस्था छ । जिल्लाभर स्थलगत गणनाको अवधि २०७५ साल वैशाख १ देखि जेठ मसान्तसम्म रहेको थियो ।

 

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।