बेथानचोक । काभ्रे जिल्लाको बेथानचोक गाउँपालिका अब पूर्णखोपयुक्त गाउँपालिका बनेको छ । शनिवार एक कार्यक्रमका बीच यस गाउँपालिकालाई पूर्णखोप युक्त गाउँपालिका घोषणा गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहेको बेथानचोक गाउँपालिका अध्यक्ष प्रेम बहादुर तिमिल्सनाले पूर्णखोप युक्त गाउँपालिका निर्माणका लागि महत्वपूर्ण भूमिका खेल्ने स्वास्थ्यकर्मीहरुलाई धन्यवाद दिँदै गाउँपालिका भित्र स्वास्थ्य सम्बन्धि आवश्यक कार्य गर्दै जाने बताए ।
प्रमुख कार्यकारी अधिकृत टेकराज आचार्यले दक्ष कर्मचारीबाट मात्र स्वास्थ्य सुविधाको सुनिस्चितता हुने भएकोले कर्मचारीहरुको भूमिका महत्वपूर्ण हुने बताए ।
बेथानचोक गाउपालिका वडा नं ५ का कार्यवाहक स्वास्थ्य प्रमुख माधव के.सीले पूर्णखोप कार्यक्रमको उद्देश्यहरु बारे प्रकाश पारेका थिए । बेथानचोका गाउँपालिका स्वास्थ्य संयोजक ललिता आर्चाय बेथानचोक गाउँपालिकामा भएका स्वास्थ्य सम्बन्धी बर्तमान अवस्थाको बारेमा जानकारी गराउँदै स्वास्थ्य शाखाहरुको प्रगति विवरणका बारेमा प्रकाश पारेकी थिइन् ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष सरिता लामिछाने, काभ्रेका जनस्वास्थ्य अधिकृत नेत्र प्रसाद न्यौपाने, बेथानचोक गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज आचार्य, वडाअध्यक्षहरु सोमनाथ घिमिरे, भगवान घिमिरे, दिल बहादुर श्रेष्ठ, लाल बहादुर श्रेष्ठ, खजेन्ची बहादुर लामा, विष्णु तामाङ्, पार्वती मा.विका प्राध्यानाध्यापक गोविन्द प्रसाद शर्मा, विभिन्न राजनीतिक दलका प्रतिनिधीहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा विभिन्न रोग विरुद्धका खोप सबै बालबालिकाले लगाएका र भावी दिनमा कुनै बालबालिका नछुटने प्रतिबद्धता व्यक्त गरेका थिए । ६ वटा वडा रहेको गाउँपालिकामा ५ ओटा स्वास्थ्य चौकी तथा १८ ओटा खोप केन्द्र मार्फत स्थानीयले सेवा लिँदै आएको गाउँपालिकाका स्वास्थ्य शाखाले जानकारी दिएको छ ।






















