भक्तपुर । यदि तपाई मःम , पिजा र अगानिक कफीको पारखी हुनुहुन्छ भने भक्तपुरको सिद्वपोखरी नजिक एआर समूहको मःम एण्ड पिजा घर जाउँ ।
एआर समूहले भक्तपुरमा एकैपटक एकै छानामुनी पाँच पसल सञ्चालनमा ल्याएको छ । भक्तपुरको सिद्वपोखरी,दूधपाटीमा मः मः एण्ड पिजा घर सँगै उक्त समूहले कस्तुरी फेसियल एण्ड सैलुन, अस्री २.६ कलेक्सन, पटुका बुटिक र ०१०१ ट्याटु स्टुडियो सञ्चालनमा ल्याएको छ ।
मःमः एण्ड पिजा घरमा नेपाली अर्गानिक कफीको स्वाद लिन सकिने समूहले जनाएको छ । करिब डेढ करोड लगानीमा पाँच पसलहरु सञ्चालनमा ल्याएको एआर समूहले भक्तपुरमा नौलो किसिमको थालनीलाई बढावा दिएको छ । ‘उपभोक्ताहरुको जीवनशैली तथा खानपानलाई ध्यानमा राख्दै समूहले पाँच अलगअलग किसिमका पसलहरु एकै पटक संचालनमा ल्याएको हो ।
समूहले दक्ष कामदारहरुको साथमा एकै पटक पाँच पसल संचालनमा ल्याएको हो । पसलहरुमा युवायुवतीहरुको चाहना र मागबमोजिम एआर समूहले भक्तपुरमा नै सवै किसिमका सेवा सुविधा दिने लक्ष्यका साथ एकै छाना मुनि पाँच पसल संचालनमा ल्याएको सञ्चालक रविन अवाल बताउँछन् ।
हाम्रो लक्ष्य भनेको नै केवल उपभोक्तालाई घर आँगनमा नै सेवा दिनु हो । यहि लक्ष्य मुताविक आफुहरुले एकै छाना मुनि अलग अलग तर युवाको चाहना बमोजिमको पसलहरु संचालन गरेको जनाए । निकट भविश्यमा नै काठमाडौं, ललितपुर र काभ्रेमा आफ्नो चेन व्यवसाय विस्तार गर्ने उदेश्यका साथ आफुहरु लागी परेको समेत उनले बताए ।
मःम, पिजा र अर्गानिक कफीको स्वाद लिन दुधपाटी जाउँ
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।






















