काभ्रे । ३ सय वर्ष पूरानो ऐतिहासिक एवं पुरातात्विक मथुरेश्वर महादेवको मन्दिर पुनर्निर्माण कार्य तिब्र गतिमा अगाडी बढेको छ । स्थानियहरुको सकृय सहयोगमा पुनर्निमाण भैरहेको हो ।
२०७२ साल बैशाख १२ मा आएको बिनासकारी महाभुकम्पले क्षतविछेत पारेको जीर्ण मन्दिर निर्माणका लागि पुरातत्व विभागले कुनै वास्ता नगर्दा स्थानिय युवाहरुको सकृयतामा कार्य अगाडि बढेको हो ।
फोटो / रविन्द्र सत्याल
मन्दिर पुनर्निर्माण समितिका अध्यक्ष बिनोद सत्यालका अनुसार वि.सं १७११ सालमा निर्माण भएको मथुरेश्वर महादेवको मन्दिर भुकम्पले ध्वस्त भएपछि पुरातत्व बिभागसँग बजेट उपलब्धको लागि माग गर्दा कुनै वास्ता नगरेकोले स्थानियको सकृयतामा कार्य अगाडि बढेको बताए । मन्दिर पुनर्निर्माणसंगै ऐतिहासिक मथुरापाटीको समेत पुनर्निर्माण भइरहेको बताए ।
मन्दिर र पाटी पूरानै शैलीमा निर्माण गर्न २० लाख रुपैयाँ खर्च लाग्ने भएको छ । मन्दिर पुनर्निर्माणका लागि साविक मथुरापाटी गाविस हालको नमोवुद्ध नगरपालिका समेत स्थानियसँग सहयोग संकलन गर्दै कार्य अगाडि बढेको छ ।
मन्दिर पुनर्निर्माण गर्न नमोबुद्ध नगरपालिकाद्वारा ४ चार लाख रकम विनियोजन गरेको र बाँकी रकम चन्दाबाटै मन्दिर पुनर्निर्माण भइरहेको चन्दा संकलन समितिका संयोजक प्रकाश सत्यालले तेमाल अनलाइनलाई जानकारी दिए ।
फोटो / रविन्द्र सत्याल
पौरानिक किम्वदन्तिमा उल्लेख भए अनुसार मथुरेश्वर मन्दिरको फुलबारीमा बसोबास गर्ने पुर्खा हरिका छोरा तुलसीरामका ६ भाइ छोरा मध्येमा अपुताली तथा असामयिक निधन भई बाँकी रहेका छोराहरू मध्ये तीन भाइले मात्र अंश लिएका थिए । तिनमा प्रियपतिकी मथुरा नाम गरेकी एक दिदी बाल बिधुवा भइ माइतमा नै रहेकी थिइन । भाइहरूले दिदीलाई जिविकोपार्जनका लागि अंश दिएका थिए ।
तिनै मथुराले १७११ सालमा मथुरेश्वर महादेवको मन्दिर तथा बटुवाहरूको निमित्त एक पाटी बनाएकी उल्लेख गरिएको छ ।

Comments

comments