काभ्रे । जिल्लाको कोशीपारी सडक खण्डमा कालपत्रे गर्ने निक्कै नै चर्चामा रहेपनि ढिलो गरि कालोपत्रे (पिच) शुरु भएको थियो । तर विडम्बना पिच गरेको एक महिना वित्न नपाउँदै ठाउँ–ठाउँमा उप्किन थालेको छ ।
व्यवस्थित सडक नहुँदा कोशीपारी दुईवटा गाउँपालिकाका जनताले कष्टकर जीवन विताउदै आएकोमा सडक पिच हुन थालेपछि खुशी देखिन्थे । तर पिच गरेको एक महिना नवित्दै यसरी कालोपत्रे उप्किएपछि स्थानीय जनता निराश भएका छन् । ‘बल्ला तल्ला कालोपत्रे भएको, अब त राम्रो भो भन्ठानेको एक महिना नवित्दै उप्कियो ।’ स्थानीय बालकृष्ण उप्रेतीले भने, ‘यस्तो लापारवाही गर्नेलाई तुरुन्त कार्वाही होस् ।’

भुम्लु गाउँपालिकाको दोलालघाट देखि भुम्लुटारसम्म पिच गरेको गरेको थियो ।
स्थानीय क्रान्ति लामाले पनि सडक उप्किएकोमा दुःख व्यक्त गरे । जनप्रतिनिधिहरुले यस्को नियमान गर्ने र दोषीलाई कार्वाही गर्नुपर्ने उनको तर्क छ । । ‘जनतााले गाँस काटेर तिरेको करको किन खेबाड भईरहेको छ ? जनताले जनप्रतिनिधबाट के आस गर्नु ?’ लामाले भने, ‘यसको जबाफ कसले दिने अब कहिले कारबाही हुन्छ ?’






















