राजकुमार गोले
काभ्रे । काभ्रेको भुम्लू गाउँपालिका–८ का वडा सदस्य मनोज श्रेष्ठले दोलालघाटका एक वृद्धा महिलामाथि गालीगलौज र दुव्र्यबहार गरेका छन् । असार २८ गते राती साढे सात बजेतिर घरमै आएर सोही गाउँकी ५८ वर्षीया नानीमाया लामालाई जथाभावी मुख छाडेर गालीगलौज र दुव्र्यवहार गरेका हुन् ।
यसरी गरियो दुव्र्यवहार
पीडित नानीमाया भन्छिन्, ‘असार २८ गते राती म घरमै थिएँ । वडा सदस्य मनोज श्रेष्ठ मेरो घरमा आई एक्कासी मेरो छोरालाई राडीको छोरा खोइ भन्दै हातमा हेलमेड लिएर जाइलागे । के भयो ? किन कुटेको भनेर सोध्दा उल्टै ममाथि नै खनिए । मेरो छोरा गाडी चलाउँछ । ड्राइभर मान्छे हो न झगडा ग¥यो कि भनेर मैले राम्रै मुखले सोध्न खोजेको थिएँ । मनोज त हामीले जिताएर पठाएको जनप्रतिनिधी हो ।
उनले मलाई जथाभावी मुख छाडेर गाली गलौज गर्दै कुटपीट गर्न खोज्यो । उनी कहिले लाती उचाल्थे, कहिले हातले चिथोर्न खोज्थे । उनकी श्रमती नभएकी भए सायद मलाई भकुथ्र्यो होला ।’
गाउँपालिकाकी न्यायिक निकाय हेर्ने उपाध्यक्ष कल्पना श्रेष्ठले वडा सदस्य मनोज श्रेष्ठलाई यसअघिदेखि नै निगरानीमा राखेको बताइन् । उनले भनिन्, ‘घटनाको उचित छानवीन गरी कारबाही गर्नेछौं ।’
उनले गरेको अपमान र दुव्र्यवहारले गर्दा म चुप लागेर बस्न सकिनँ । म पनि आए लाग्ने माथि जाइ लागेँ । सँगै श्रीमती चाहिं थिइन् । उनले र मेरो कान्छो छोराले छेकेकाले कुटपिट गर्न भने पाएन । उनले मलाई खाते, रन्डी, भालु भनेर मुखमा जे आयो त्यही बोली रहे । जनप्रतिनिधीसँग झगडा गरेको भन्दै केही स्थानीयहले मनोजको बचाउ गरेको दुव्र्यवहारमा परेकी महिलाको गुनासो छ ।
दुव्यवहार गर्ने जनप्रतिनिधिलाई कार्बाहीको माग गर्दै पीडित महिला प्रशासनलाई गुहार्ने तयारीमा रहेको बुझिएको छ ।
गल्ती स्वीकारर्दै यसो भन्छन वडा सदस्य
मेरो नानीमायाको छोरा बुद्ध लामासँग ३ हजार रुपियाँको लेनदेन थियो । मैले उसलाई घरमा भेट्न गएँ । तर उ घरमा थिएन । मेरो श्रीमतीलाई उसले मुख छाडेछ । आमासँग मेरो भनाभन चाहिं भएको हो ।
उता वडा सदस्य मनोज श्रेष्ठ, उनकी श्रीमती र मेरी आमाको बीचमा भएको झगडाको अडियो र भिडियो मसँग सुरक्षीत छ, वडा सदस्यको ऋणी भनिएका बुद्ध लामाले भने, ‘मनोजको श्रीमतीले मलाई खाते, कुकुर, राडीको छोरा, मेरो पैसा तिर्नु पर्दैन भनेर मनपरी मुख छाडेपछि मैले पनि मुख छाडेको हो । मेरो आमालाई घरमै गएर अभद्र व्यवहार गरेको झोंकमा मैले पनि मुख छाडेको थिएँ । बुद्ध भन्दछन्, जनप्रतिनिधी जस्तो व्यक्तिले सभ्य भएर माग्न पनि सक्थ्यो । उसले भेट्यो भने मार्ने धम्की समेत दिंदै आएको छ ।’
यस विषयमा गाउँपालिकाकी न्यायिक निकाय हेर्ने उपाध्यक्ष कल्पना श्रेष्ठले वडा सदस्य मनोज श्रेष्ठलाई यसअघिदेखि नै निगरानीमा राखेको बताइन् । उनले भनिन्, ‘घटनाको उचित छानवीन गरी कारबाही गर्नेछौं ।’
लौ सुन्नुहोस् अडियोः






















