नमोबुद्ध । काभ्रे जिल्लाको नमोबुद्ध नगरपालिका वडा नं. ९, श्यामपाटीमा एक युवाले आईतबार करिब दिउसो २ बजे आत्महत्या गरेको छ ।

आत्महत्या गर्नेमा ठूलोबाबु लामाको छोरा ४२ वर्षिय रविन कुमार लामा रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार आफ्नै घरबाट अन्दाजी ५ मिटर तल आफ्नै बारीमा रहेको एभोकार्डको रुखमा खादाको पासो लगाई झुण्डी आत्म हत्या गरेका हुन् ।

आत्महत्या गरेको खबर पाउन साथ श्यामपाटी प्रहरी चौकीबाट खटेको प्रहरीले फेला पारेको थियो ।
प्रहरीका अनुसार लामाले डिप्रेशनको औषधी प्रयोग गरिरहेको बुझिएको छ ।

Comments

comments