अञ्जली तामाङ/काभ्रे । जिल्लामा रहेको विभिन्न सरकारी कार्यालयहरु हटाउने निर्णय सरकारले गरेपछि कर्मचारीहरु अन्यौलतामा रहेको छन् ।

संघीयता कार्यान्वयनका क्रममा संघ अन्तर्गतका सेवाप्रदायक कार्यालयहरू श्रावण १ गतेदेखि खारेज भएको निर्णय सरकारले यस अघि नै खारेज गरेपछि कर्मचारीमा अन्यौलता आएको हो ।

कार्यालय खारेज गरेपछि आफुहरुले कसरी काम गर्ने भन्नेमा अन्योलमा परेको जिल्ला प्राविधिक कार्यालयका इञ्जिनियर बिनु श्रेष्ठ बताउँछन् ‘हामीले भर्खरै तीनदिन लगाएर कार्यालयका सामानहरु सा¥यौं, अब कहाँ जाने, कसरी के गर्ने हो अन्योलमा छौं ।’ श्रेष्ठले भने ।

त्यसैगरि जिल्लास्थित जिल्ला प्राविधिक कार्यालयका प्रमुख लोकनाथ रेग्मीले सरकारले साउन १ देखि लागु हुने गरी खारेज गरेपछि आफुहरुले भाडामा सञ्चालन गर्दै आएको कार्यालयको सामान सारिसकेको बताए । उनका अनुसार जिल्ला प्राविधिक कार्यालयमा भएको सामानहरु जिल्ला समन्वय समितिको भवन, जिल्ला कृषि कार्यालय र घरेलु कायर्कालयको भवनमा सारिसकेको छ ।

प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउतले स्थानीय शान्ति समितिको कार्यालय पनि जिल्ला प्रशासन कार्यालयमा सारिसकेको बताए ।

जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकका प्रमुख उद्धव केसीले महिला तथा बालबालिका कार्यालय, जिल्ला प्राविधिक कार्यालय, सहकारी डिभिजन कार्यालय, जिल्ला बालकल्याण समितिको कार्यालय र जिल्ला भू–संरक्षण कार्यालयलगायतका कार्यालयहरू सरिसकेको बताए ।

खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका प्रमुख रामचन्द्र काफ्लेले भने, ‘सञ्चार माध्यममा देखेको र सुनेको तर आफूहरुलाई अहिलेसम्म कुनै जानकारी प्राप्त नभएको बताए ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।