इन्द योञ्जन तामाङ
कुवेत । राप्ती भेरी कर्णाली एकता समाज कुवेतले तुलसीपुर उपमहानगरपालिका वडा नं. १८ विजौरी स्थित असहाय बालविकास, नेपालमा रहेका बालबालिकालाई खाद्यान्न तथा शैक्षिक सामाग्री वितरण गरिएको छ ।
विहिवार २५ हजार रुपैयाँ बराबरको खाद्यान्न तथा शैक्षिक सामाग्री वितरण गरेको बलदेव मल्लले तेमाल अनलाईनलाई जानकारी दिएको छ ।
खाद्यान्न तथा शैक्षिक सामाग्री वितरण कार्यक्रम हेल्पिङ ह्याण्ड्स दाङकी अध्यक्ष प्रतिक्षा पौडेलको अध्यक्षता र राप्ती भेरी कर्णाली एकता समाज कुवेतका महासचिव माधव शाहीको प्रमुख आतिथ्यमा तथा संचारकर्मी राज मल्ल , ठकुरी समाज महासंघ, नेपालका केन्द्रिय सदस्य बलदेव मल्लको उपस्थितीमा उक्त सामाग्री वितरण गरिएको हो ।
विजौरी स्थित बालविकास नेपाल दाङ विजौरीमा रहेका १५ जना बालबालिकाहरुलाई शिक्षामा सहयोग पुगोस भन्ने उदेश्यले शैक्षिक सामाग्रीका साथै खाद्यान्न वितरण गरिएको हेल्पिङ ह्याण्ड्सका सल्लाहाकार शालिकराम गौतमले जानकारी दिए ।