पाँचखाल । काभ्रे जिल्ला पाँचखाल नगरपालिका वडा नं. ३, लाम्दीका एक बृद्धाको करेन्ट लागेर मृत्यु भएको छ ।

६० वर्षकी पदमकुमारी हुमागाईं घाँस काट्न जाँदा करेन्ट लागेर घट्नास्थलमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जानकारी दिएको छ ।

प्रहरीका अनुसार हुमागईं घाँस काट्न जाँदा लात्रेको विजुलीको तार काट्दा उनलाई करेन्ट लागेको थियो ।

विजुलीको खाम्पा र तारको व्यवस्थापन राम्रोसँग नगर्दा यसरी ज्यान गुमाउनेको संख्या दिनादिन बढ्ने क्रम जारी छ ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।