निर्वाचन अघि जनताको घरदैलोमा जनतासँग प्रतिबद्धता जनाउदै सांसद बमध्वज

काभ्रे । जिल्ल्लाको ‘कर्णाली’ भनेर चिनिने महाभारत र खानीखोला गाउँपालिकामा विद्युतको केन्द्रिय प्रसारण लाईन जोडिने भएको छ ।

विद्युतिकरण सांसद बमध्वजको विशेष पहलमा उर्जा मन्त्री बर्षमान पुन(अनन्त)को तोक आदेशमा र विद्युत प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङको निर्देशनमा योजना अघि बढ्ने भएको हो । निर्वाचनको समयमा प्रतिनिधि सभा सदस्य बमध्वज र उनी सम्बद्ध पार्टीले केन्द्रिय प्रसारण लाईन जोड्ने प्रतिबद्धता जनाएका थिए ।

निर्वाचन अघि जनताको घरदैलोमा जनतासँग प्रतिबद्धता जनाउदै सांसद बमध्वज

यी दुई गाउँपालिकाहरुमा मुख्यरुपमा सडक सञ्जाल, विद्युत र सञ्चारमा विकास गर्ने प्रतिबद्धता जनाए अनुसार पहिलो काम विद्युतीकरण गरेर अघि बढाएको सांसद बमध्वजले तेमाल अनलाइनलाई जानकारी दिए ।

‘मुख्यतः रणनीतिक महत्वको योजनाको रुपमा मैले डाँडापारीलाई तीन वटा योजना छनौंट गरेको थिएँ । सडक सञ्जालले जिल्ला सदरमुकाम जोड्ने, विद्युतको केन्द्रिय प्रसारण लाईन जोड्ने र सञ्चारसँग डाँडापारीलाई जोड्ने यी तीन काम गर्ने मेरो योजना हो ।’ सांसद बमध्वजले भने, ‘यी मध्य अब यो हप्ता भित्रै विद्युतिकरण आयोजनाको टेन्डर हुने पक्का भएको छ ।’

यस्तो छ लागत

यी दुई गाउँपालिकामा विद्युतको केन्द्रिय प्रसारण लाईन जोड्नका लागि विश्व बैंकले ९० करोड रुपैयाँ रकम सहयोग गरिएको छ । २ ठाउँमा सव स्टेशन राख्ने भएकोले दुवै सब स्टेशनको लागि १०।१० करोड रुपैयाँ रकम लाग्ने स्टामेटमा छ ।

साता भित्रै टेन्डर

डेढ वर्ष भित्र कार्य सम्पन्न हुनेगरि कार्यन्वयन हुन लागेको यो आयोजनाको बोलपत्र आव्हान यसै साता भित्र गर्ने तयारीमा विद्युत प्राधिकरण लागेको छ । विद्युत प्राविधकरणको विद्युत वितरण तथा ग्राहक सेवा निर्देशनालयको उप–निर्देशक विजय चौधरीका अनुसार एक हप्ता भित्र बोलपत्र आव्हानको तयारी पूरा भएको बताए ।

२ ठाउँमा सव स्टेशन रहने

विद्युतिकरणका लागि २ स्थानमा सव स्टेशन रहने भएको छ । जस अनुसार जिल्लाको रोशी गाउँपालिकाको कटुञ्जे र महाभारतको गोकुलेमा निर्माण हुने सांसद बमध्वजले तेमाल अनलाईनलाई जानकारी दिए ।

दुवै सब स्टेशन ३३।३३ हजार केवीको निर्माण हुने भएको छ । काभ्रेमा ३३ हजार केवीको क्षमता भएको सव स्टेशन बनेपामा एउटा मात्र रहेकोमा अब ३ वटा हुने छ ।

गोकुलेमा निर्माण हुने सव स्टेशनमा ललितपुर जिल्लाकोमाल्टामा रहेको सव स्टेशनबाट केन्द्रिय प्रसारण लाईन जोड्ने र कटुञ्जेबेसीमा रामेछाप जिल्लाको राकाथुममा रहेको सव स्टेशनबाट विद्युत लाईन जोड्ने योजना छ ।

१० महिना भित्र सबै पोल पुग्ने

विद्युतिकरणको लागि डाँडापारी १० महिना भित्रमा सबै गाउँमा पोल पुग्ने सांसद बमध्वजले बताए । ‘अब यो कामको लागि १० महिना भित्र सबै गाउँमा पोल पुग्छ ।’ उनले भने, ‘७ सय ५० वटा पोल र ५ वटा ट्रान्सफर्मर त अब यसै साता भित्र पुग्दै छ ।

उनका अनुसार अबको प्रसारणमा नांगो तारलाई हटाउने बताए ।

कटुन्जेमा बन्ने सव स्टेशनले नजिक रहेको तेमाल गाउँपालिका, रोशी गाउँपालिका र नमोबुद्ध गाउँपालिकाको प्रसारणलाईनलाई समेत सपोर्ट हुने जनाएको छ ।

 जोखिम कम हुने

अव्यवस्थित खालको लघु जलविद्युतका कारण यस भेकमा वार्षिक धेरै जना स्थानीयले ज्यान गुमाउनुपरेकामा अब यो रोकिने नपाल कम्युनिष्ट पार्टीका नेता दैवलाल घिसिङ (अनुशिल)ले बताए । ‘यहाँको अव्यवस्थित लघु जलविद्यतका कारण डाँडापारी चट्याङका कारण वर्षेन िधेरै जनताले ज्यान गुमाउनुपरिरहेको छ ।’ उनले विश्वस्त हुँदै भने, ‘अब धनजनको क्षति हुने क्रम रोकिने छ ।’ उनका अनुसार डाँडापारीमा रहेका अधिकांश लघु जलविद्युतले अर्थिङ र पेल्ट्रीक सेट प्रयोग नगरेकोले यस्तो दुर्घट्ना हुनेगरेको छ ।

३ गाउँपालिकालाई समेट्ने

यस आयोजनाले रोशी गाउँपालिकाको १० र ११ नं. वडा, महाभारत गाउँपालिका र खानीखोला गाउँपालिकालाई समेट्ने छ । यससँगै काभ्रेमा विद्युतिकरणको योजना सम्पन्न हुने सांसद बमध्वजले बताए ।

विद्युततिकरणसँगै मानव सुचांक बृद्धि गर्नका लागि रोजगारको सिर्जना गर्ने तिर लाग्ने उनले बताए ।

Comments

comments