कुवेत । नुवाकोट–धादिङ–रसुवा समाज कुवेतको प्रथम अधिवेशनबाट राजेश मनाग्थेन तामाङ अध्यक्षमा निर्वाचित भएका छन् । शुक्रबार कुवेतको खैतान स्थित राजधानी होटेलमा समाजको प्रथम अधिबेशन र बृहत साँस्कृतिक कार्यक्रम भएको थियो ।

निर्वाचित कार्यसमिति ७० जनाको रहेको छ । कार्यक्रममा प्रमुख अतिथीको रुपमा नेपाली दुताबासका श्रम सहचारी ज्ञानेन्द्र शर्मा रहेका थिए ।
बिशेष अथिती तितोपाटी डट कमका कार्याकरी सम्पादक( नारायाण पोख्रेल, सृजनशील समाज कुवेतका अध्यक्ष पुष्कर धामी, नेपाली प्रबासि ट्याक्सी ब्यबसय संघ नेपाल कुवेतका अध्यक्ष सुन बहादुर तामाङ लगायतका विभिन्न बुद्धिजीबीहरुले सयुंक्त रुपमा दिप प्रज्वलन गरी केक काटेर कार्यक्रमको उद्धाटन गरेका थिए।

शुभकामना मन्तब्यकै क्रममा नेपाली दुतावास कुवेतका प्रमुख अथिती ज्ञानेन्द्र शर्माले कुवेतमा पत्रकारिता गर्न त्यति सजीलो नभएकोले सम्पूर्ण कुवेतमा संचालन मिडियाकर्मी तथा पत्रकारहरुलाई समाचार लेख्दा सम्पूर्ण घटनाको बारेमा बुझेर मात्र समाचार सम्प्रेषण गर्न अनुरोध गरेका थिए ।
कार्यक्रममा सोही संस्थाका सदस्य यार्सली कान्छी (सुमिना लोप्चान तामाङ( द्वारा म्हेन्दोमाया नृत्य प्रस्तुत गरेका थिए।
कलाकारहरु अर्यान तामाङ, यार्सली कान्छी, कार्लो तामाङ, आस्ना तामाङ, रिता तामाङ, लु माया तामाङ, पुड्का तामाङ, कुल बहादुर तामाङ, चो माया तामाङ लगायत अन्य रहेका थिए भने गायन तर्फ बिस्व पासा तामाङ,मानसिङ तामाङ, बिराज तामाङ, मिलन लामा, अन्तरास्ट्रिय मञ्च कुवेतका सकृय सदस्य सुनिल परियारको दमेदार ब्रेक नृत्य नेपाल तामाङ संस्कृति धेदुङ कुवेतका अध्यक्ष हिमाल लामा गायन लगायत कलाकारहरुले उपस्थित अतिथिहरुलाई मनोरन्जन प्रदान गराएका थिए ।

अधिवेशनबाट निर्वाचित अन्य पदाधिकारीहरुमा उपाध्यक्ष छिरिङ्ग तामाङ, महिला उपाध्यक्ष सुमिना लोप्चन, प्रथम उपाध्यक्ष बिश्व पासा तामाङ, दितिय उपाध्यक्ष प्रशान्त तामाङ, महासचिवमा अविनास तामाङ, सचिव जीवन तामाङ, सह–सचिव निमा घले, कोषाध्यक्ष कार्लो तामाङ, सह–कोषाध्यक्ष मिन्गमा तामाङ, प्रबक्ता मैसिंग तामाङ, सह प्रवक्ता सुर्य बहादुर तामाङ रहेका छन् भने सदस्यहरुमा दावा तितुंग तामाङ, गोसा तामाङ, रेश्मा लामा, सुर्जमान तामाङ,जल माया तामाङ, वीर बहादुर तामाङ, बलसिङ तामाङ, नबिन तामाङ, जितेन्द्र तामाङ, बिकास तामाङ, सुर्य तामाङ, मन्दिरा तामाङ, चो माया तामाङ, केसव लम्साल, फैसिंग तामाङ, आर्यान तामाङ, मान्सिङ्ग तामाङ, मुस्कान घले, दिपक तामाङ, शर्मिला तामाङ, ब्लेस तामाङ, सोम बहादुर तामाङ, शासिन्द्र तामाङ, बिर बहादुर तामाङ, केल्सोंग तामाङ, हेम तामाङ, सुकु माया तामाङ, रिक्ति माया तामाङ, लाल माया तामाङ, बिम्बा घले, सर्चित जोम तामाङ, दावा तामाङ, म्हेंदो तामाङ, शेर बहादुर तामाङ, राहुल तामाङ, चिरी माया तामाङ, खापा घले, दिप योनजान तामाङ , सलमाया तामाङ, दावा थोकर, नव राज आचार्या, होरिजन राई तामाङ रहेका छन् ।
अधिवेशनले प्रमुख संरक्षकमा राम घलान तामाङ, बरिष्ठ सल्लाहकारमा सुन बहादुर तामाङ, सल्लाहकारः टेक बहादुर तामाङ, कुल बहादुर तामाङलाई चयन गरेको छ ।

त्यसैगरि अधिवेशनले विभिन्न विभागहरु समेत गठन गरेको छ । जसमा साँँस्कृतिक विभाग सास्कृतिक विभाग प्रमुख नुवाकोट मान्सिङ्ग तामाङ, सास्कृतिक विभाग उपप्रमुख धादिंग रिता माया तामाङ, साँस्कृतिक विभाग उपप्रमुख रसुवा डोल्मा तामाङ, महिला प्रमुख हित माया तामाङ, उप प्रमुख दिल माया तामाङ, खेलकुद बिभाग प्रमुख बिकास तामाङ, संचार बिभाग प्रमुखस्( पेम्बा तामाङ, यातायात बिभाग प्रमुख रेम लामा तामाङ, आर्थिक बिभाग प्रमुख लु माया तामाङ, अनुशासन बिभाग प्रमुख कोल्सोंग तामाङ, जिल्ला एरिया प्रमुख धादिङ जिल्ला एरिया प्रमुख पुड्का घले, धादिङ्ग जिल्ला उपप्रमुख( मोटु माया तामाङ, नुवाकोट जिल्ला एरिया प्रमुखस्( चन्द्र बहादुर बैरागी तामाङ, नुवाकोट जिल्ला उपप्रमुख सुर्यामान् तामाङ, रसुवा जिल्ला एरिया प्रमुख फुर्पा मोक्तान तामाङ रहेका छन् ।
























