दुध लाेप्चन

दक्षिण काेरिया । गैर–आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद, दक्षिण कोरिया (NRNA) र नेपाली बिद्यार्थी समाज (SONSIK) को संयुक्त आयोजना तथा नेपाली दुताबास दक्षिण कोरिया र नेपाल पर्यटन बोर्डको सहयोगमा सांस्कृतिक कार्यक्रम “NEPAL DAY– 2018” सम्पन्न भएकाे छ ।

कार्यक्रमले ”Visit Nepal 2020” अभियानकाे प्रचार–प्रसारमार्फत काेरियामा नेपाल चिनाउने र धेरै पर्यटकहरू नेपाल भित्र्याउइ नेपाल सरकारकाे अभियानमा सहयाेग पुर्याउने उद्देश्यले अायाेजित नेपाल डे परेड २०१८ कार्यक्रम काेरियाका लागि नेपाली राजदुत अर्जुनजङ्ग बहादुर सिहंकाे प्रमुख अातिथ्यमा अाईतबार सम्पन्न भएकाे हाे ।

कार्यक्रमकाे सभापतिमा एन.अार.एन. दक्षिण काेरियाका अध्यक्ष लक्ष्मी गुरूङ, बिशेष अतिथिहरूमा नेपाल अादिवासी जनजाती महासघं दक्षिण काेरियाका कार्यबाहक अध्यक्ष मल्लिका थकाली, नेपाल पर्यटन बाेर्डका केपी सिटाैला, एन.अार.एन. हङकङका अध्यक्ष राधिका गुरूङ, बिभिन्न संघ–संस्थाका प्रतिनिधी, नेपालीहरू र विदेशीहरूकाे उल्लेख्य उपस्थितिमा सम्पन्न गरिएकाे हाे ।

कार्यक्रममा प्रमुख अतिथि सिंहले याे कार्यक्रमले राष्ट्रप्रतिकाे दायित्व पूरा गरेकाे र यसकाे लागि सबैलाई खुशी र धन्यवाद समेत व्यक्त गरेका छन् । कार्यक्रम विभिन्न बाजागाजासहित र्याली, अाैपाचारिक कार्यक्रम र सांस्कृतिक कार्यक्रम गरि ३ चरणमा सम्पन्न गरिएकाे हाे ।

कार्यक्रममा नेपालको कला-संस्कृति, भेषभुषा, प्राकृतिक र भौगोलिक विविधता, धार्मिक सहिष्णुता, जातीय विविधता, नेपाली खानाकाे परिकार, नेपालको पर्यटकीय गन्तव्यहरु झल्किने विविध प्रस्तुती कार्यक्रमहरूमा थिए । कार्यक्रमको आकर्षणको रुपमा काेरियाका माैलिक नाँच, काेरिया गीत र नेपालका हास्य कलाकार सुलेमान शंकर “ईकु” बिशेष प्रस्तुति रहेका थिए |

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।