हेमेन्द्र राना मगर

डाँडापारी । काभ्रे बर्षा समय सुरु भए सगै जिल्लाका अधिकांश ग्रामिण भेगका सडकमा सवारी संचालन हुन सकेको छैन । बनेपा बाट छुट्ने सवारी साधनहरु रोशि गा.पा., नमोबुद्ध गा.पा. र पनौती नगरपालिका हुँदै खानी खोला गा.पा. र महाभारत गा.पा (डाँडापारी) भेगमा सडक संचालन ठप्प छ ।

हिमाल तराई यातायातले अनुमति लिएर भिमखोरी हुँदै, रामपुर (सिन्धुली) , बनखु, घर्तिछाप र गोकुलेसम्मको रुट गत जेष्ठ २७ गते देखी नै सेवा बन्द रहेको थियो । काभ्रे बस सेवा समितिले सञ्चालन गरेको बनेपा सिपाली हुँदै बुढाखानी–महादेवटार जोड्ने सडक खण्ड गत असार ११ गते देखि सेवा सुचारु हुन सकेको छैन ।

यता पनौती नगरपालिका भएर कामिडाँडा हँुदै खानिखोला गाउँपालिकाको तालढुंगा र सौर्य जोड्ने सडक खण्डको अवस्था एकदमै दयानिय छ । डाँडापारी जोड्ने संम्पुर्ण ग्रामिण सडक खण्डहरुमा ठाँउ ठाँउमा पहिरो गएको छ, जताततै ढुंगा खसेको छ, नदीनालाको बहाब बढेको छ, सडक हो कि खोला हो छुट्याउन नसक्ने अवस्थामा छ । भएको सडक पनि हिलाम्मे छ जस्ले गर्दा गाडि फस्छ, त्यसैले डाँडापारी बस सेवा संञ्चालन गर्न नसकिएको जानकारी हिमाल तराई यातायात बस सेवा समितिका अध्यक्ष आत्माराम थापाले बताए ।

बर्षा लागेसँगै ग्रामिण रुटमा बनेपाबाट छुट्ने सवारी साधनको संख्या ५० प्रतिशतले कम भएको अध्यक्ष थापाले जानकारी दिए । बर्षातको समयमा सवारी संञ्चालन गर्न कठिन भएको ब्याबसायीहरु बताउछन् । ग्रामिण भेगमा संञ्चालन हुने सवारी साधनको अवस्था दयनीय छ । ग्रामिण भेगको यातायात प्रभावित भएसँगै सरदमुकाम र डाँडापारीको दुरी बढेको छ ।

 

सवारी साधन अवरुद्ध भएसँगै ग्रामिण भेगका ब्यापारी एवं स्थानियले दैनिक उपभोग्य सामान ढुवानीमा सास्ती भोग्नु परेको छ । गाउँमा ब्यापार ब्यबसाय गरेर बस्ने ब्यबसायीहरु, बिमारी असाहयहरु एकदमै मारमा परेका छन् । महाभारत गाउँपालिका लगायत डाँडापारी भेगबाट सदरमुकाम धुलिखेल, बनेपा आवत जावत गर्न दुई दिन हिड्न बाध्य छन् स्थानिय बासी ।

सडक समेत समयमै मर्मत नहँुदा यो समस्याले बर्षौ निरन्तरता पाएको छ । सडक स्तरोन्नती र आवश्यक मर्मतमा बजेट छुट्याए पनि प्रभावकारी रुपमा काम हुन सकेको छैन ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।