काभ्रे । जिल्लाको भुम्लु गाउँपालिका वडा नं. ८ मा गुडिरहेको टिफरमा एक्कासी आगोलागी हुँदा दुई जना सख्त घाईते भएका छन् ।

घाइते हुनेहरुमा भुम्लु गाउँपालिका वडा नं. ४, चौबास निवासी वर्ष ४५ को कान्छा पहरी र सोही गाउँपालिका वडा नं. ७, फलाँटे निवासी सुमन नेपाली रहेका छन् । पहरी र नेपाली दुवै जनाको टाउको र खुट्टामा चोट पुगेको प्रहरीले जानकारी दिएको छ ।

निर्माणाधिन मध्यपहाडी लोकमार्गमा डोजर स्काईभेटरलाई आईतबार डिजल लिएर जाँदै गरेको बा १ क ९०८ नं. को टिफर दिउँसो करिब ४ बजे आगोलागी भएपछि दुर्घट्ना भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जानकारी दिएको छ ।

प्रहरीका अनुसार ब्याट्री सर्किट सर्ड भई गुड्दै गरेको गाडीमा आगो लागेपछि अनियन्त्रित भई सडकबाट १० मिटर तल खसेको थियो ।  दुर्घट्ना पछि चालक फरार रहेको प्रहरीले जनाएको छ ।

यसरी बल्यो टिफर लौ हेर्नुहोस् भिडियो

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।