काभ्रे । काभ्रेको साँगाबाट धुलिखेलतर्फ आउदै गरेको टिफरले सोही दिशाबाट आउँदै गरेको मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकल चालकको मृत्यु भएको छ।

आज दिउँसो बा २ क ३९३४ नम्बरको टिफरले बा ८३ प ५०७७ नम्वरको मोटरसाइकललाई बनेपा –७ चारदोबाटोमा ठक्कर दिएको हो ।

मृत्यु हुनेमा नमोबुद्द नपा खनालथोक –४ का ५७ वर्षिय जित बहादरु तामाङ रहेका छन् ।
घटनाको विरोधमा स्थानीयले टिप्परमा आगजनी गरेका छन् । आगजनी टिफरलाई दमकल ल्याई निभाइएको थियो ।

ठक्कर दिने टिफर चालक नुवाकोट विदुर नपा–१ बस्ने वर्ष २९ को सुधन श्रेष्ठलाई इलाका प्रहरी कार्यालय बनेपाले नियन्त्रणमा लिएको छ ।

 

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।