इन्द योञ्जन तामाङ
कुवेत । लोक गितको खानी भनेर स्याङ्जा जिल्ला लाई चिनिन्छ भन्दा दुई मत नहोला । साँच्चै स्याङ्जा जिल्लामा लोक गितका अनगिन्ती हस्तीहरु जन्मेका छन् । जस मध्य बि. बि. मल्ल ठकुरी पनि एक हुन् ।

विक्रम संम्वत २०३९ साल स्याङ्जा जिल्लाको हरिनास गाउँपालिका वडा नंम्बर ४ मा जन्मेका बि. बि. मल्ल ठकुरी सानै देखि संगितमा रुचि राख्दाथे । बिद्यालय र गाउँ घरमा हुने कार्यक्रममा सधै अग्रसर हुने ठकुरीको सांगितिक यात्रा भनी विक्रम संम्वत २०६५ साल देखि शुरु भएको हो ।

विगत एक दशक देखि कुवेत लाई आफ्नो कर्म थलो बनाउदै आएका ठकुरीले कुवेतमा छुट्टै आफ्नो पहिचान बनाउन सफल भै सकेका छन् ।आफ्नो डियूटीको व्यस्ता संग संगै पनि सामाजिक कार्यका साथै संगीतलाई हातेमालो गर्दै अगाडी बढ्न सफल भएका छन् ।

आफुलाई लोक पप गायक भन्न रुचाउने बि बि मल्ल ठकुरी एक सामाजिक अभियन्ता पनि हुन । लाली गुराँस साँस्कृतिक परिवार नेपाल कुवेतका संरक्षक, अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज कुवेतका संरक्षक, दर्शन ठकुरी समाज कुवेतका संरक्षक र स्याङ्जा सहयोग समाज कुवेतका संरक्षक पनि हुन् ।

गायक ठकुरीको बाल्यकाल गाँउले परिवेशमा बितेको हुँदा अझै पनि उक्त गाउँ ठाउँ बिकासको पछाडी परेको बताउँछन् । गाउँमा बिमारी हुँदा कतिपय बिमारी हरु समयमा यातायातको सुविधा नहुदा अकालमा नै मृत्युु भएको आफुले प्रत्यक्ष देखेको तितो स्मरणीय गदै केही हदसम्म भए पनि दुखेको घाउमा मलम लगाउनको लागि स्याङ्जा सहयोग समाज कुवेतले चलाएको एम्बुलेन्स आर्थिक सहयोग अभियानमा ठकुरी एकल साँझ कार्यक्रम गरि त्यसबाट उठेको सहयोग आफ्नो गृह जिल्लामा एम्बुलेन्स हस्तान्तरण गर्न लागेको र अहिलेसम्म देश विदेश बाट सहयोगको अपेक्षा दिएको उनी बताउँछन् ।

सहयोगी दाता हरु लाई धन्यवाद दिदै कुवेतमा रहनु भएका विभिन्न संघ,संस्था र समाजका प्रतिनिधि, समाजसेवी, बुद्धिजीवी, कलाकार र खेलाडी साथीहरु लाई उक्त कार्यक्रममा पाल्नु भै कार्यक्रम सभ्य र भव्य रुपमा सफल बनाउन हुन समेत अनुरोध गरेका छन।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।