सुनिला दोङ तामाङ
साइप्रस । बैदेशिक रोजगारको शिलशिलामा साइप्रसमा पुगेका काभ्रेली नेपालीहरुको संस्था काभ्रे सेवा समाज साइप्रसको प्रथम भेला हुँदै छ ।
भेला आगामी अगस्त ५ तारिखका दिने हुने आयोजकले तेमाल अनलाईनलाई जानकारी दिएको छ ।
काभ्रेको बिकास र साइप्रसबासी काभ्रेलिको एकताको लागि ‘काभ्रे बिकासको हाम्रो योजना, काभ्रेली एकता हाम्रो चाहना’ भन्ने मुल नाराका साथ प्रथम भेला हुने भएको छ । साथै आयोजकका अनुसार साइप्रसमा रहेका काभ्रेलिहरुलाइ एकता गराउने उदेश्यले यो संस्थाको गठन गर्न लागेको हो ।
कार्यक्रममा काभ्रेबाट साईप्रसमा पुगेका नेपालीहरुलाई सहभागीको लागि आयोजकले अनुरोध समेत गरेको छ ।
कार्यक्रम लिमासोल पार्कमा विहान ११ बजे हुने छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।
























