अञ्जली तामा
काभ्रे । नेपालको इतिहामा सायद नैतिकताको आधारमा कुनै पनि मन्त्रीले राजीनामा दिएको कहींकतै भेटिदैन होला ।
नैतिकताको आधारमा आफ्नो गल्ती प्रति क्षमायाचना गर्दै इतिहासमै पहिलो पल्ट कानुमन्त्री शेरबहादुर तामाङले मंगलबार राजीनामा दिए

मुलुकलाई एउटा सकारात्मक सन्देश दिंदै सबैले मुक्तकण्ठले प्रसंसा गरे उनको । उनको अभिव्यक्तिलाई लिएर आन्दोलन गर्ने र गर्न खोज्ने आफ्नै पार्टीका केही होस् या विरोधी पार्टीका सबैलाई नैतिकताको पाठ सिकाउँदै उनले विदा लिए ।

नेकपाको नेता देखि कार्यकर्तासम्मले उनको यो कदमलाई सामाजिक सञ्जलमा सम्मान पोखेका छन् भने अरु मन्त्रीहरुलाई पनि तामाङबाट पाठसिक्न भनेका छन् ।

हार होइन जीतः योगेश भट्टराई

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटि सदस्य योगेश भट्टराईले सामाजिक सञ्जाल फेसबुक मार्फत हार होइन जीत भनेका छन् । भट्टराईले तामाङलाई रोकी हेरी जान समेत सल्लाह दिएका छन् ।

‘एउटा नैतिक जगबाट राजनीतिमा उदाएको योग्य, सक्षम तथा इमान्दार ब्यक्तित्व शेरबहादुर तामाङ । जसले फेरी एकपटक आफ्नो नैतिक उचाइलाई बढाएका छन ।’ उनले फेसबुमा लेखेका छन्, ‘शेरबहादुरजी तपाईंको राजिनामा तपाईंको हार होइन बरु जीत हो । रोकी, हेरी, जानुहोस् ।’

हाम्रो लागि दुर्भाग्यः नविना लामा

अनेरास्ववियूका केन्दीय अध्यक्ष ता प्रतिनिधि सभा सदस्य सांसद नविना लामाले कानुनमन्त्री शेरबहादुर तामाङलाई राजीनामा दिन बाध्य पार्नु दुर्भाग्य भएको सामाजिक सञ्जल फेसबुमा लेखेका छन् । लामाले मन्त्री तामाङको इमान्दारीता र सच–चरित्रको उच्च मुल्यांकन गर्नुपर्ने समत लेखेका छन् ।

‘तामाङ समुदायमा जन्मेर पार्टी, राज्य प्रतिनिधित्व, बर्गीय अन्दोलनमा निकै दुःख कस्ट गर्दै कानुन मन्त्रीको पद सम्हालेका शेर बहादुर तामाङ निकै उच्च चरीत्रको शालिन ब्याक्तित्व भएको मान्छे हुन ।’ अध्यक्ष लामाले लेख्छिन्, ‘उहाँको ‘इन्टेनसन’ गलत थिएन, उहाले मेडिकल क्षेत्रभित्रका ब्यथिती माथि टिप्पणी मात्र गर्न खोजेका थिए ।’ कानुनमन्त्री तामाङले क्षमायाचना मागीसकेकोले राजीनामाको जरुरत नै नभएको उनको तर्क छ ।

राजनैतिक क्षति भन्दा राजनैतिक पूर्तिः सरल सहयात्री

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सिन्धुपाल्चोकका नेता सरल सहयात्रीले कानुनमन्त्री तामाङको राजीनामालाई राजनैतिक क्षति भन्दा पनि राजनैतिक पूर्ति अवश्य हुने कुरा फेसबुकमा लेखेका छन् । राजीनामा सकारात्क संस्कारको विकासको रुपमा सहयात्रीले उल्लेख गरेका छन् ।

‘तपाई के कारणले वर्हिगमन हुनुभयो त्यो वहसको विषय होला । तर जसरी जानुभयो, यो संस्कार एक सकरात्मक उदाहरणको रुपमा स्थापित हुनेछ ।’ उनले लेखेका छन्, ‘पद लोलुपतामा चुर्लुम्मै डुवेर उत्रन नसक्ने संस्कार हुर्किरहेको यस परिवेसमा तपाइको सहज वहिर्गमनले पक्कै आगामी राजनैतिक उत्तरदायीत्व प्रति हरेक व्यक्तिलाइ जिम्वेवार वनाउने छ । माननिय शेर वहादुर कमरेड, तपाइको सिघ्र वहिर्गमन प्रति दुखीत भएपनि धीरतापूर्ण यात्राले यो क्षणमा भएको राजनैतिक क्षति भन्दा अधिक राजनैतिक पुर्ति अवश्य हुनेछ ।’

राजनीतिलाई संग्लो र नैतिक बनाउन सहकार्य गरौंः युवराज चौंलागाईं

नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य युवराज चौंलागाईंले नेपाली राजनीतिलाई संग्लो र नैतिक बनाउन सहकार्य गर्न कानुनमन्त्री तामाङलाई अनुरोध गरेका छन् ।

‘राजनीतिमा धेरै निर्लज्ज र अनैतिक मान्छेहरु देखेको छु, भोगेको छु । मैले राम्ररी नचिनेका, दोहोरो बातचीत नभएका तर मेरै पार्टीको केन्द्रीय कमिटीमा रहेका सांसद शेर बहादुर तामाङले उच्च नैतिकता देखाए आज । बधाइ छ ।’ चौंलागाईंले लेखेका छन्, ‘आउनोस कमरेड कुर्सी बाहिर बसेर पनि धेरै काम गर्न सकिन्छ । अग्लो हुन सकिन्छ । नेपाली राजनीतिलाई संग्लो र नैतिक बनाउन मिलेर सहकार्य गरौं !’

धर्तीपुत्र रोएको सुहाउँदैनः दिल निशानी मगर

पत्रकार दिल निशानी मगरले राजीनामा दिंदै गर्दा भावुक भएको भन्दै मन्त्री तामाङलाई सम्झाउदै धर्तीपुत्र रोएको नसुहाएको बताएका छन् ।

 ‘माफी मागेर पनि माफी पाएनौ, मन्त्री भएर व्यापारी जत्तिको शक्तीशाली हुन पनि त सकेनौ ।’ मगरले लेखेका छन्, ‘यो आँशु ईमानको आँशु हो, संगालेर राख । धर्तीपुत्र रुएको सुहाउदैन ।’

सामाजिक सञ्जालमा कस्ले के लेखे ?

 

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।