काभ्रे । टिपरको टक्करले एक जनाले ज्यान गुमाएको दुई दिन बित्न नपाउँदै फेरी काभ्रेमा सवारी दुर्घट्नामा एकको मृत्यु भएको छ भने एक गम्भिर घाइते भएको छ ।

भकुन्डे तर्फ जाँदै गरेको ज ११ प १२९७ नंबरको मोटरसाइकललाइ काठामान्डौ तर्फ आउँदै गरेको ना १ ज ५२१५ नम्बरंको फोर्स माइक्रोले ठक्कर दिदा बिपि राजमार्ग अन्तरगत धुलिखेल–९, पानीट्यांकिमा उक्त सवारी दुर्घटना भएको हो ।
मृत्यु हुनेमा मोटर साइकल चालक जिल्ला धनुषा तारापट्टि बस्ने बर्ष ३६ को सत्यनारायण साह रहेका छ भने घाइते हुनेमा पछाडी सवार जिल्ला सिराहा हक्पारा बस्ने बर्ष २५ को प्रदिप कुमार महत्तो रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

प्रहरीका अनुसार दुर्घट्ना हुनसाथ साह र महत्तो दुवैजनालाई धुलिखेल अस्पतामा उपचारको लागि ल्याएको थियो । साहको उपचारको क्रममा मृत्यु भएको र महत्तोको उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।
गाडि चालक सिन्धुलि जिल्ला कमलामाइ न.पा.५ का २९ वर्षिय रुद्र ब.श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घट्ना हुने वित्तिकै चालक श्रेष्ठ फरार भएका थिए ।






















