काभ्रे । जिल्लाको धुलिखेल नगरपाालिका वडा नं. ६, बेईजिङ प्लान्ट स्थित विपि राजमार्गमा बस आज (विहीबार) दुर्घट्ना भएको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार विहान ६ः१० बजे भएको दुर्घट्नामा परि चालक सहित २८ जना घाइते भएका छन् । दुर्घट्ना पछि प्रहरीले उपचारको लागि धुलिखे अस्पतालमा लगेको थियो ।

घाइतेहरुको उपचार भइरहेको प्रहरीले तेमाल अनलाईनलाई जानकारी दिएको छ । घाइतेहरु मध्यम र सामान्य रहेको प्रहरीको भनाई छ ।

भकुण्डेबाट बनेपा आउँदै गरेको ३ ख ८१५५ नं. को यात्रुबाहक उक्त बस आफै अनियन्त्रित भई सडकबाट ३० मिटर तल खोल्सामा खसेको थियो ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।