सुनिला दोङ तामाङ
साईप्रस । साईप्रसमा बैदेशिक रोजगारीको लागि पुगेकी झापा जिल्ला दमक नगरपालिकाकी निशा राईका शव नेपाल ल्याउने प्रक्रियामा रहेको छ ।
एनआरएनए साईप्रसका अध्यक्ष सुबाश मल्लका अनुसार राईको शव नेपाल पठाउन इन्सुरेन्स कम्पनीसँग कुराकानी भइरहेको छ ।
साईप्रसको लार्नाकामा कार्यरत राईको पोस्टमार्टम गर्दा मृत्युको कारण क्गाायअबतष्यल दथ द्यचयलअजष्ब िजबलनष्लन भएको जानकारी प्राप्त भएको छ ।
डेट वर्ष अघि साईप्रसमा आइपुगेकी पासपोर्ट नम्बर १०४५४४५५ वर्ष २८ की राईको २० जुलाई २०१८ शुक्रबार राती निधन भएको थियो ।
राईको शव नेपाल पठाउन र मृतक राइृका परिवारलाई सक्दो सहयोग गर्न होनरि कन्सुलेट र एनआरएनए साईप्रस लागि परेको अध्यक्ष मल्लले बताएका छन् । साथै उनले साईप्रसमा रहेका सम्पूर्ण नेपालीहरुलाई समेत सहयोगको अनुरोध गरेका छन् ।