काभ्रे । जिल्लाको धुलिखेल नगरपाालिका वडा नं. ६, बेईजिङ प्लान्ट स्थित विपि राजमार्गमा बस दुर्घट्ना भई घाइते भएका यात्रुहरुको उपचारमा समस्या परेको छ ।

धुलिखेल अस्पतालको एक्स–रे मेशिन विग्रेपछि घाइते यात्रुहरुको उपचारमा समस्या आएको हो । यसरी समस्या भएपछि घाइतेका आफन्तहरु आक्रोशित भएका छन् ।
उपचारमा समस्या आएपछि घाइतेहरुको आफन्तले अस्पताल हाता भित्र आक्रोशित हुँदै प्रदर्शन समेत गरेका छन् ।
विहान ६ः१० बजे भएको दुर्घट्नामा परि चालक सहित २८ जना घाइते भएका थिए । दुर्घट्ना पछि प्रहरीले घाइतेको उपचारको लागि धुलिखे अस्पतालमा लगेको थियो ।
लौ हेर्नुहोस् भिडियोः
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।






















