काठमाडौं । सञ्चार तथा सूचना प्रबिधि मन्त्री गोकुल बाँस्कोटाले आफ मन्त्री भएपछि धेरै महत्वपूर्ण काम हरु गरेका छन् ।
मन्त्री बाँस्कोटाको नेतृत्वमा भएको महत्वपुर्ण कामहरू:
१.पहिलोपटक गित संगीतका सर्जक र कलाकारहरुले एफ एम रेडियोमा आफ्नो गित बजे पछि रोयल्टी पाउने कुराको सुनिश्चितता गर्दै सरकार ,एफएम रेडियो र रोयल्टी समाज बिच सम्झौता भएको छ ।
२ .पहिलो पटक रु एक करोड रुपैयाँ रकमको पत्रकार वृत्ति कोष स्थापना भयो । यस आर्थिक बर्षमा थप दुई करोड थपिने छ अब पत्रकारिता क्षेत्रमा लामो योगदान गरेका र आफ्नो उर्जाशिल समय सञ्चार जगतमा ब्यतित गरेका पत्रकारहरुले थप सामाजिक सुरक्षाको अनुभुती गर्न पाउने अवस्था आएको छ ।
३.बिगत लामो समय देखी प्रयास गरिएको तर कार्यान्वयन गर्न नसकिएको बक्स अफिस प्रणाली पहिलो पटक लागू गरिएको छ । यसले फिल्म क्षेत्रका निर्माता ,कलाकार र सिङ्गो सिने क्षेत्रमा महत्त्वपूर्ण सकारात्मक प्रभाव पार्नेछ ।
४.अन्तर्राष्ट्रिय बजारका आधारमा इन्टरनेट सेवामा उपभोक्तालाई थप मूल्य वृद्धि नहुने र थप भार नपर्ने गरि मुल्य समायोजन भएको छ।
५. विभिन्न सरकारि स्वामित्वमा रहेका सञ्चार माध्यममा विभिन्न ब्यक्ति तथा सस्थाहरुले तिर्न बाकी बक्यौतालाई उठाउने काम भएको छ र केही बाकी बक्यौता उठाउन निर्देशन गरिएको छ।






















