बनेपा । ‘शिक्षा विद्यार्थीको लागि, विद्यार्थी देशको लागि’ भन्ने मूल नारा बोकी नैतिक, व्यावहारिक तथा व्यावसायिक शिक्षाको लागि स्थापित ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानमा गुरुपूर्णिमा भव्यताका साथ मनाएका छन् ।

आज शुक्रबार प्रतिष्ठानमा अध्ययनरत विद्यार्थीहरुले गुरु पुर्णिमाको अवसरमा विद्यालय तथा कलेज तहमा कार्यरत सम्पूर्ण शिक्षक शिक्षिकाहरुलाई टिका, खादा तथा मायाको चिनोद्धारा बिशेष सम्मान गरेका थिए ।

ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठान, व्यवस्थापन समिति सदस्य तथा प्रबन्ध निर्देशक श्री प्रताप वैद्यले सम्पूर्ण विद्यार्थी भाइबहिनीहरुलाई सधै सफलता र जीवनले लक्ष्य प्राप्ती गरि रहोस् भन्ने कामना व्यक्त गरे ।

कार्यक्रममा सम्पूर्ण शिक्षक ÷शिक्षिका तथा विद्यार्थीहरुबाट गुरुको महिमा सम्बन्धी जतिनै वर्णन गरेपनि पूर्ण नहुने बिचार व्यक्त गरेका थिए । अनौपचारिक कार्यक्रममा सम्पूर्ण शिक्षक ÷शिक्षिका तथा विद्यार्थीहरुबाट आफुसँग भएको कला प्रस्तुत गरेका थिए ।

 

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।