फाइल फोटो

चितवन ।  पृथ्वीराजमार्गको इच्छाकामना–३ चुम्लिङटारमा खसेको छ । शुक्रबार मध्यान्ह बस र ट्रक जुध्दा बस त्रिशुलीमा खसेकोहो ।

चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालका अनुसार काठमाडौंबाट पोखरा जाँदै गरेकाे ना ६ ख २५०६ नम्बरको बस मुग्लिन तर्फबाट गइरहेको ना ५ प ७४०९ को ट्रकसँग ११ बजेर ५५ मिनेट जाँदा ठक्कर खाएको हो ।

३२ जना सवारी बसमा ७ जनाको ज्यान गएको छ भने २२ जना घाइते भएका छन् । सशस्त्र प्रहरी बल विपद व्यवस्थापन तालिम केन्द्र कुरिनटारका डिएसपी मुक्तिनाथ दाहालका अनुसार घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर रहेको छ ।

मृतकहरु
  •  जिल्ला पाल्पा बेगनासकालिका गा.पा. बस्ने बर्ष ३२ को अर्जुन न्यौपाने
  • हाल नाम थर वतन नखुलेको अं.बर्ष २/३ को बालक
  • हाल नाम थर वतन नखुलेको अं.बर्ष १८/१९ की महिला
  • जि.तनहुँ भानु न.पा.५ बस्ने बर्ष २७ को सुमित श्रेष्ठ
  • जिल्ला तनहु भन्सार बस्ने अं. बर्ष २७ की कमला श्रेष्ठ
  • जिल्ला काठमाण्डौ बस्ने बर्ष ३० को रबिन गुरुङ
  • जिल्ला तनहुं केशवटार बस्ने बर्ष ४० को बाबुराम तिवारी
घाईतेहरु
पुरानो मेडिकल कलेज भरतपुरमा उपचाररत घाईतेहरु:-
  • बस चालक जिल्ला स्याङजा पुतली बजार न.पा.१ बस्ने बर्ष ५१ को उदयराज लामिछाने दाहिने हातमा चोट- अवस्था मध्यम
  • जिल्ला चितवन कालिका न.पा. शक्तिखोर बस्ने बर्ष ९ को क्रिस गुरुङ टाउकोमा चोट – अवस्था मध्यम
  • जिल्ला कास्की पोखरा बस्ने बर्ष ४५ को भक्त ब.बस्नेत – अवस्था गम्भीर
  • भारत बिहार बेतिया बस्ने फिरोज मिया -अवस्था गम्भीर
  • जिल्ला नुवाकोट बिदुर न.पा.५ बस्ने बर्ष १८ को सौजन गजुरेल, अवस्था मध्यम
  • जिल्ला कास्की पोखरा बस्ने बर्ष २५ को मेघ बहादुर पुन – अवस्था मध्यम
  • जिल्ला तनहु डुम्रे भन्सार बस्ने बर्ष ५१ को बिष्णु कु.श्रेष्ठ – अवस्था मध्यम
  • जि.धादिङ गजुरी बस्ने बर्ष २२को सन्तोष सुवेदी -मध्यम (गजुरी धादिङ लगेको)
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।