धुलिखेल । अबिरल वर्षाका कारण धुलिखेल नगरपालिका वडा नं. ११ पात्लेखेत स्थित हसेरामा लेदो झरेपछि सडक अबद्ध भएको सडक सूचरु भएको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी निरिक्षक रविराज थपलियाका अनुसार शुक्रबार (आज) साँझ करिब ८ः४५ बजे विपि राजमार्गमा लेदो झरेपछि दुईतर्फी बाटो अबरुद्ध भएको थियो ।
झन्डै साँढे २ घण्टा लामो मिहिनेत पछि २ ओटा जे. सि. भि.को सहयोगमा दुई तर्फी रुपमा नै बाटो खुलेको प्रहरी निरिक्षक थपलियाले तेमाल अनलाईनलाई जानकारी दिए ।
४० मिटर लामो पहिरो पन्छाउन प्रहरी र स्थानीयको सक्रिया सहभागी रहेको धुलिखेल नपा–११ का वडा अध्यक्ष विष्णु धितालले जानकारी दिए ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।






















