काभ्रे । जिल्लाको नमोबुद्ध नपा–६, वि.पि. राजमार्ग स्थित फेदीमा टिफर दुर्घट्ना भएको छ । दुर्घट्नाबाट चालक घाईते भएको छ ।
आज (शनिबार) विहान करिब ७ बजे भकुण्डेबाट मंगलटार जाँदै गरेको टिफर दुर्घट्ना भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
बा. ५ ख. ५०६१ नं. को आईचर टिफर आफै अनियन्त्रित भइए सडक खण्डबाट करिब २५ मिटर तल झरेको प्रहरीले जनाएको छ । घट्ना पछि प्रहरी चौकी भकुण्डेबाट खटेका प्रहरी टोलीले घाइतेको उद्धार गरेको थियो ।
प्रहरीका अनुसार दुर्घट्नाबाट घाईत चालकलाई उपचारको लागि धुलिखेल अस्पतालमा पठाइएको छ । अरु विवरण भने आउन बाँकी छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।






















