हरिवहादुर

भक्तपुर । नेपालीमा एउटा उखान छ मुखमा राम राम बगलीमा छुर । यसको चरितार्थ भएको बालकोट हाल सुर्यविनायक नगरपालिका वडा नम्वर २ मा ।
सुर्यविनायक नगरपालिका वडा नम्वर २ बालकोटमा विगत १४ बर्ष देखि घर बनाई बस्दै अएका सुमन राना र २०७१ सालमा घर बनायर बसेकी लक्ष्मी दुलाललाई हाल आएर छिमेकीले बाटो बन्द गरि दिएपछि उनीहरुको निकास नै बन्द भएको छ ।
हामी घरबाट मुख्य सडकमा निक्लने निकास २०६१ साल देखि ४ फिटे बाटो थियो तर बाटोको मुखमा रहेको जग्गा एक बर्ष अगाडी कल्पना रानाभाट र सरस्वती खत्रीको नाममा आएपछि उनीहरुले बाटो बन्द गरि दिएको पीडित लक्ष्मी दुलाल बताउँछिन् । विगत २० बर्ष देखि भोग चलन गर्दै आएको बाटो अहिले आएर आफुले खरिद गरेको भन्दै बाटो बन्द गरि दिदाँ आफुहरु मर्कामा परेको बताउँछन् ।
मुख्य सडकबाट आफ्नो घर सम्म पुग्न जम्मा ७० मिटर जति बाटो रहेको छ मुखमा उहाँहरुले खरिद गर्नु भएको जमिन जम्मा एक दाम बाटोमा पर्छ हाल साविक गर्दा बाटो जनाईएको भएपनि रानाभाटले बल पुर्वक उनीहरुको बाटो बन्द गरिदिएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीको घर भन्दा एक सय मिटर नजिकको बस्तीमा बस्ने दुई परिवार वर्षाैदेखि न्यायको खोजीमा भौतारि रहनु परेको छ । न्याय खोज्दै ती नगरपालिका कार्यालय,प्रमुख जिल्ला अधिकारीको कार्यकक्षदेखि प्रधानमन्त्री निवास बालुवाटारसम्म पुगे । अरु क्षेत्रबाट त न्याय पाएनौ पाएनौ प्रधामन्त्री निवास वालुवाटारको ढोका समेत हाम्रो लागि खुल्ला भएन पीडित सोनीका मास्के र लक्ष्मी दुलाल बताउँछन् ।
प्रधानमन्त्रीको घरै अगाडि अन्यायमा पर्दा त यत्रो समय सम्म आफुहरुलाई न्याय हुन्न भने अन्य क्षेत्रमा त के होला उनीहरुले प्रतिप्रश्न गरे ।

२० बर्ष देखि भोगचलन गर्दै आएको बाटो बन्द गरिएको

नक्सामा घर अगाडि स्पष्ट बाटो छ । यसरी घर छिर्ने बाटो नै ब्लक गरिए पछाडि उनीहरु न्याय खोज्दै त्यहाँका वडा प्रमुख कमलनाथ अचार्यले बाटो दिन सुझाए । मेयर बासुदेश थापाले पनि बाटो खोल्न निर्देशन दिए । सिडिओ कार्यालय बाटो खोल्न आदेश दिएको थियो । यसरी राज्यका निकायहरुबाट बाटो खोल्न तारान्तार आदेश आउन थालेपछि उल्टै बाटो दिनुपर्ने हरिबहादुर रानाभाट आफ्नो सम्पत्तिको सुरक्षा गरिपाँउ भन्दै उच्च अदालत पाटन पुगे ।
अदालतका न्यायधीशले पनि उनको सम्पत्तिको सुरक्षा गराई पाँउ भन्ने मागको पक्षमा भीम ओझा र अग्नि थपलियाको इजलाशबाट सुनुवाई गर्दै बाटो दिनुनपर्ने फैसला सुनाइदियो । हाल साविकको नक्सा नझिकाई स्थानिय निकायको राय आदि नवुझी उनीहरुले गरेको निर्णय गलत भएको सुर्यविनायक नगरपालिका वडा नम्वर २ का वडा अध्यक्ष कमल नाथ आचार्य बताउँछन् ।
सामाजिक न्यायको हिसावले पनि उनीहरुले भाग चलन गर्दै आएको बाटो बन्द गरि निकास नै बन्द गरि दिनु अनुचित हो । अनी माफियाको नै बोली बोल्दै अदालतले पनि निर्णय गर्नु झन लाजमर्दो भएको उनको भनाई छ ।
उनीहरुले घर निर्माण गर्द नै नक्सा पास गरेका छन् । ३५ दिने सुचना निकालेर बाटोका सम्वन्धमा सम्पूर्ण प्रक्रिया पुञ्यका छन् । घरको घरबाटो पास भएको छ । घर बनाउन कर्मचारी सँचय कोषले पैसा समेत दिएको अवस्थामा हाल आएर कसैले आफुले जमिन खरिद गरेको हो यो मेरो जमिन हो म बाटो दिन्न भन्न पाईन्न तर यसको विपरित उच्च अदालतले पैसाको भरमा निर्णय गरेको उनको आरोप रहेको छ ।
९४ बर्षकी आमा र साना साना केटा केटीका साथ बस्दै आएका मास्के र दुलाल परिवारलाई छिमेकीले दिएको पिडाका कारण उनीहरुलाई खानु न ओकल्नु भएको छ ।
बाटोको मुखमा हाल ९ फिट अग्लो पर्खाल लगाएर रानाभाट परिवारले बाटो बन्द गराई दिएका छन् । कल्पना रानाभाटका श्रीमान हरिवहादुर र छोरा निलमले बाटो बन्द गराउन थानकोटका प्रहरी (सही ) राम पूर्ण रानाभाटको मद्त लिएका थिए । रामपूर्णले बाटो पर्खल लगाउन नदिन छेक्न आएका दुलाल र मास्केलाई बालुवाले पुरि दिने भन्दै बालुवा खनाउन थाले पछि आफुहरु उक्त स्थानबाट हट्न बाध्य भएको उनीहरु बताउँछन् । प्रहरीका सही कानुनका रक्षक नै आफूहरुलाई कानुनको भक्षकका रुपमा अन्याया गर्न आएको प्रत्यक्ष दर्शि बताउँछन् ।
बाटो बन्दा किन गरेको भन्दा रानाभाट परिवार भने आफुले किनेको जग्गामा कसैको पनि हक नहुने बताउँदै आफूहरुले बाटो बन्द गरेको बताउँछन् ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।