काभ्रे । ७७ वटै जिल्लामा कम्युनिष्ट सरकारको विरुद्ध आन्दोलन गर्ने क्रममा नेपाली काँग्रेसले काभ्रेमा पनि ¥याली गरेको छ । मंगलबार धुलिखेल स्थित विपि राजमार्गदेखि जिल्ला जनस्वास्थ्य कार्यालयसम्म ¥याली गरी सरकारको विरोध गरेको हो ।

जुलुस पछि भएको कोणसभालाई सम्बोधन गर्ने क्रममा काँग्रेसका जिल्ला देखि केन्द्रसम्मका नेताहरुले सरकार अधिनायकवादी भएको आरोप लगाए ।

नेपाली काँग्रेसका केन्द्रिय सदस्य दिलेन्द्रप्रसाद बडुले नेपाली काँग्रेसको इतिहास हेर्न सरकारलाई अनुरोध गरे ।
‘ओलीजी, नेपाली काँग्रेसको इतिहास हेर्नुहोस्, राणाहरुले नेपाली काँग्रेससँग निउ खोज्दा राणा आफै सकिएको थियो, निरंकुश पञ्चायतले निउ खोज्दा आफै सकिए, निरंकुश रातन्त्रले निउखोजे अहिले नागर्जुन दरबारमा सिमित गरेर राखेका छौं ।’ नेता बडुले भने, ‘वर्तमान सरकारले पनि नेपाली काँग्रेसलाई नीउ नखोज, सिद्धिन्छ ।’ सरकारले विभिन्न विभागहरु प्रधानमन्त्रीको मातहतमा राखेर निरंकुशताको संकेत दिएको आरोप लगाए ।

त्यसैगरि अर्का केन्द्रिय सदस्य शिव हुमागाईले आफूहरु सरकारलाई सहयोग गर्न चाहेको बताए । ‘हामी सरकारलाई सहयोग गर्न चाहन्छौं । तर सरकारले देउबा सरकारले लिएको निर्णयहरु कार्यन्वयन गर्नुपर्छ ।’ उनले भने, ‘यदि सरकारले आफ्नो कदम नसच्चिए जनवलले ढाल्ने छ ।’ नेता हुमागाईंले सरकारमा रहेको पार्टीले निर्वाचनको बेला बृद्धभत्ता ५ हजार खनखन गनेर दिन्छु भन्थ्यो भन्दै ‘खोइ ?’ भन्दै प्रश्न गरे ।

 

कोणसभामा नेपाली काँग्रेसका क्षेत्रिय सभापतिहरु, पूर्व सांसदहरु लगायतका नेताहरुले सरकार नसच्चिए कम्युनिष्टहरको यो सरकार इतिहासमा नै पहिलो अन्तिम हुने चेतावनी दिए ।

भिडियो हेर्नुहोस्

आफ्नो अमुल्य प्रतिकृय राख्नुहोला