दोलखा । माथिल्लो तामाकोशी जलबिद्युत आयोजनामा दोलखाबासिका लागि आजदेखि शेयर आवेदन खुला भएको छ । तामाकोशी आयोजनामा आजदेखि भदौ १४ गतेसम्मका लागि शेयर आवेदन खुल्ला हुने भएको हो ।

दोलखाका २३ वटा बैँकमार्फत् आवेदन भर्न सकिने

माथिल्लो तामाकोशी आयोजनामा दोलखाबासिका लागि कुल १ अर्व ५ करोड ९० लाख बराबरको १ करोड ५ लाख ९० हजार कित्ता शेयर निश्काषण भएको छ । आयोजनामा सबै दोलखाबासिले न्युनतम ३० देखि ३ सय कित्ता सम्म सेयर हाल्न पाउनेछन् । शेयर बाँडफाँडका लागि दोलखाबासीलाई अयोजना प्रभावित क्षेत्रका आधारमा ३ वर्गमा छुट्याईएको छ । सोही अनुसार ३ प्रकारकै शेयर आवेदन फाराम तयार पारिएको छ ।

आवेदन फारम तोकिएका सँकलन केन्द्रमा उपलव्ध हुने आयोजनाले जनाएको छ । माथिल्लो तामाकोसी आयोजनाको गोँगर स्थित कार्यालय र जिल्लामा रहेका विभिन्न २३ वटा वैंकबाट शेयर आवेदन दिन सकिनेछ । जस अनुसार सदरमुकाम चरिकोटको १३, जिरी, सिंगटी र मैनापोखरीको २÷२ तथा मेलुङ गाउँपालिका, गौरींशकर गाउँपालिका, किर्नेटार र बागखोरको एक एक वटा वैंकबाट आवेदन फारम भर्न पाईनेछ ।

दोलखा जिल्लाका संकलन केन्द्रहरु
१० अपर तामाकोशी हाईड्रोपावर लिमिटेडको आयोजाना निर्माणस्थल गोंगर
२० कृषि बिकास बैँक लिमिटेड चरिकोट ।
३० सेन्चुरी कर्मसियल बैँक लिमिटेड, चरिकोट, सिंगटी र जिरी ।
४० सिटिजन्स बैँक ईन्टरनेशनल लिमिटेड चरिकोट ।
५० लक्ष्मी बैँ लिमिटेड चरिकोट ।
६० मेघा बैँ लिमिटेड चरिकोट, मैनापोखरी, बागखोर ।
७० नविल बैँक लिमिटेड चरिकोट ।
८० नेपाल ईन्भेष्टमेन्ट बैँक लि।सिगटी ।
९० प्रभु बैँक लिमिटेड चरिकोट ।
१०० प्राईम कमर्सियल बैँक लिमिटेड जिरी, मैनापोखरी ।
११० राष्ट्रिय वाणिज्य बैँक लि।चरिकोट ।
१२० सिद्धार्थ बैँक लि। चरिकोट ।
१३० एनएमबी बैँक लि। किर्नेटार ।
१४० महालक्ष्मी विकास बैँक लि।चरिकोट ।
१५० एनआईसी एसिया बैँक लि। चरिकोट ।
१६० नेपाल क्रेडिट एण्ड कमर्श बैँक लि।चरिकोट ।
१७० हिमालयन बैँक लि।गौरीशंकर गाउँपालिका दोलखा ।
१८० सानिमा बैँक लिमिटेड मेलुङ गाउँपालिका दोलखा ।
१९० नेपाल बैँक लिमिटेड चरिकोट दोलखा ।

काठमाण्डौंमा भने सनराईज बैंकको मुख्य कार्यालय र १० वटा शाखावाट आवेदन फारम भरेर बुझाउन सकिने छ ।
काठमाण्डौ उपत्यकाभित्रका संकलन केन्द्रहरु
सनराईज क्यापिटल लिमिटेड कमलपोखरी काठमाण्डौँ,
सनराईज बैँक लिमिटेड न्युरोड ।
सनराईज बैँक लिमिटेड, कालिमाटि ।
सनराईज बैँक लिमिटेड, चावहिल ।
सनराईज बैँक लिमिटेड, तिनकुने
सनराईज बैँक लिमिटेड बौद्ध
सनराईज बैँक लिमिटेड, भक्तपुर ।
सनराईज बैँक लिमिटेड गावहाल ।
सनराईज बैँक लिमिटेड, गोठाटार ।
सनराईज बैँक लिमिटेड, शंखमुल ।
सनराईज बैँक लिमिटेड, कलंकी ।

दोलखाबाट शेयर आवेदन फारम भर्नका लागि एक महिनाको समय तोकिए पनि काठमाडौँबाट भने १० दिनको लागि मात्रै समय दिईएको छ । काठमाडौँ उपत्यकाको संकलन केन्द्रहरुबाट आजदेखि यही साउन २५ गतेसम्म मात्रै शेयर आवेदन फारम भर्न पाईने माथिल्लो तामाकोशी आयोजनाले जनाएको छ । विदेशमा रहेका दोलखावासीहरुले भने माथिल्लो तामाकोसी आयोजना, नागरिक लगानी कोष र सनराईज क्यापिटलको वेभसाईटवाट डाउनलोड गरी भर्न सक्ने आयोजनाका प्रवक्ता डा। गणेश न्यौपानेले जानकारी दिनुभयो ।

यसैबीच, माथिल्लो तामाकोशी आयोजनाले जिल्ला स्थित स्थानीय तहका मेयर, उपमेयर, अध्यक्ष, उपाध्यक्ष तथा ७४ वटै वडाका वडाअध्यक्षहरुलाई शेयर आवेदन सम्बन्धि प्रशिक्षण समेत दिएको छ ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।