काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट प्रेस चौतारी नेपाल र प्रेस सेन्टर नेपालबीचको एकताको लागि गठन भएको कार्यदलको तेस्रो पूर्ण बैठक ले अन्तरिम विधानलाई अन्तिम रुप दिएको छ ।
महासचिवद्वय राजेश राई र विष्णु सापकोटाले तय गरि प्रस्तुत गरेका एकीकृत संगठनको अन्तरिम विधान–२०७५ लाई अन्तिम रुप दिएको हो । महासचिवद्वय सापकोटा र राईले जारी गरेको प्रेस विज्ञप्ति अनुसार दुवै संगठन एकतापछि बन्ने एकिकृत संगठनको नाम ‘प्रेस संगठन, नेपाल’ अग्रेजीमा Press Organization, Nepal (PON) राख्ने निर्णय भएको छ । बैठकले अन्तरिम कालको लागि सबै तहमा कार्यालय, सचिवालय र समिति राख्ने निर्णय गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
संगठनको संरचना र संख्या
समिति:
केन्द्रीय समितिः अध्यक्ष र महासचिव सहित २ सय २५ सदस्यीय
प्रदेश समितिः अध्यक्ष र सचिव सहित १ सय २५ सदस्यीय
जिल्ला समितिः अध्यक्ष र सचिव सहित ३५ सदस्यीय
शाखा समितिः अध्यक्ष र सचिव सहित ९ सदस्यीय
आयोगः
अनुशासन आयोगः अध्यक्ष र सचिव सहित १५ सदस्यीय
लेखा आयोगः अध्यक्ष र सचिव सहित १५ सदस्यीय
आगामी तीन दिनभित्रमा दुवै संगठनका केन्द्रीय समिति र आयोगमा रहने सदस्यहरुको सूची सहित कार्यदलले संगठन एकताको लागि पार्टीमा सिफारिस गर्ने निर्णय गरिएको छ ।






















