हेटौंडा । नेपाल तामाङ घेदुङ मकवानपुर जिल्ला समितिले हालै कार्यभार सम्हालेका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङलाई एक कार्यक्रमका बीच स्वागत गरेको छ ।

प्रमुख जिल्ला अधिकारी जस्तो जिम्मेवार पदमा तामाङ जातिको व्यक्ति पुग्नु आफ्नो समुदायकै गौरवको विषय भन्दै घेदुङले उनलाई स्वागत गरेको हो ।

कार्यक्रममा सहायक जिल्ला न्यायाधीवक्ता संगीता थोकर र प्रहरी निरीक्षक प्रदिप लामालाई पनि स्वागत गरिएको थियो । उनीहरुलाई घेदुङका जिल्ला अध्यक्ष लगायत सहभागीहरुले खादा लगाई स्वागत गरेका थिए ।

कार्यक्रम घेदुङ मकवानपुरका अध्यक्ष लिलाकुमार घलानको अध्यक्षता तथा प्रदेश सभा सदस्य कुमारी मोक्तानको प्रमुख आतिथ्यतामा र प्रदेश सभा सदस्य ओम घलान, पूर्व सभासद् राजाराम स्याङ्तान लगायतको विशिष्ट आतिथ्यतामा सम्पन्न भएको थियो ।

स्वागत कार्यक्रममा सहायक जिल्ला न्यायाधीवक्ता संगीता थोकर, नेपाल तामाङ घेदुङका केन्द्रीय सल्लाहकार बुद्ध लामा, अधिवक्ता अमृतकुमार लामा, आदिवासी जनजाति महासंघ जिल्ला समन्वय समिति मकवानपुरका सचिव जंगबहादुर गुरुङ लगायतले मन्तव्य मार्फत नवआगन्तुक प्रजिअलाई शुभकामना दिए ।






















