खोलाले बगाउँदा बालकको मृत्यु

दोलखा । जिल्लाको जिरी नगरपालिका ३ मालीमा श्रीमान र श्रीमतीबीच झगडा हुँदा श्रीमानको मृत्यु भएको छ ।

श्रीमान र श्रीमतीबीच घरायसी विवादपछि झगडा हुँदा ५५ वर्षीय नाम्गेल शेर्पाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जानकारी दिएको छ । विहिबार (आज) बिहान मदिरा सेवन गरि विवाद हुँदा श्रीमती आङल्हमु शेर्पाको पिटाईबाट श्रीमानको मृत्यु भएको बताईएको छ ।

घटनाको जानकारी लगत्तै ईलाका प्रहरी कर्यालय जिरीबाट प्रहरी निरिक्षक ज्ञानबहादुर तामाङको नेतृत्वमा टोली खटिएको थियो । श्रीमानको हत्या पछि आङल्हामुलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार अनुसन्धान शुरु भएको छ ।