भक्तपुर: सन् २०१४ देखि भक्तपुर जिल्लामा कोरियन भाषा पढाउदै आएको अल्फा कोरियन भाषा स्कुल उपत्यकामा नै उत्कृष्ट स्कुलको रुपमा स्थापित भएको छ। सन् २०१८ सम्म डेढ सयको हाराहारीमा विद्यार्थीलाई कोरिया पठाउन सफल यस स्कुल अहिले कोरिया जान चाहने युवायुवतीको रोजाइमा पर्ने गरेको छ।
नेपालमै कोरिया भाषा पढेर जाने हुँदा भाषा परिक्षामा नाम निकालेपछि कोरियाबाट कम्पनीको मागअनुसार कामदारको भिषा इस्यु भएपश्चात कन्ट्रयाक्ट पेपरमा लेखिएबमोजिम आफुलाई मन परेमा कोरिया जाने हुँदा अन्य मुलुकमा जस्तो दुख नहुने स्कुलका प्रबन्ध निर्देशक तश्विर लामा बताउनुहुन्छ।
स्कुलले यस बर्ष न्युनतम ५०० जना विद्यार्थीलाई कोरिया भाषा परिक्षामा पास गराउने लक्ष्य लिएको छ। भक्तपुर र काभ्रेका बिद्यार्थीहरु भाषा परिक्षा पढ्नकै लागि काठमाडौँ जाने अवस्थामा समय बचत, पैसा बचतको साथै उत्कृष्ट शिक्षा पाउँदा खुशी भएको बताउछन। स्कुलले भाषा परिक्षामा उतिर्ण हुने विद्यार्थीलाई जनवरी १ अर्थात् स्कुलको स्थापना दिवसको अवसरमा बधाई तथा सम्मान कार्यक्रम समेत गर्ने गरेको छ।
उपत्यकाकै उत्कृष्ट स्कुलको रुपमा परिचित अल्फा स्कुलले कानुनी रुपमा बाबुआमा नभएको निम्नबर्गीय बिद्यार्थीहरुलाई छात्रवृत्ति समेत प्रदान गर्ने गरेको छ। यो बर्ष स्कुलले यस्तै दुई बिद्यार्थीहरुलाई छात्रवृत्ति दिइरहेको छ ।
कोरियन विश्वबिद्यालयमा पढेर आएका अनुभवी र दक्ष शिक्षकले पढाउने हुँदा धेरै विद्यार्थी भाषा परिक्षामा पास हुने गरेको स्कुलका प्रबन्ध निर्देशक लामाले बताउनुभयो । स्कुलमा कमजोर विद्यार्थीको लागि स्पेसल कोर्सको समेत व्यवस्था गरिएको छ। परिक्षा हुनुभन्दा ४ महिना अघि देखि नै दैनिक परिक्षा चलाइने हुँदा पनि विद्यार्थीहरुलाई भाषा परिक्षा उतिर्ण गर्न सहज भएको उहाले बताउनुभयो ।
निर्देशक लामाले आजकल सामाजिक संजालमा कोरियन भाषा पढाउने स्कुलले ब्रह्मलुट गरेको समाचार गलत र तथ्यसंगत नबहेको समेत बताउनुभयो। ‘सामान्य स्कुलले त १०-१२ हजार शुल्क लिने गर्छ भने हामीले बार्षिक १५००० शुल्क लिँदा के लुट गर्यौ र हामीले ? ‘, उहाँले बताउनुभयो।
केही इन्सिच्युटको नियत अहिले कमाउने मात्रै देखिएको हुँदा विद्यार्थीको समय र लगानी त्यसैखेर जाने पनि गरेको छ । त्यसैले उत्तम प्रशिक्षक भएको र पढाउँदा बढी प्राक्टिकलमा जोड दिने भाषा सिकाउने स्कुलको पहिचान गर्नु विद्यार्थीको पहिलो काम हुन्छ ।






















