सरकारको गम्भीर ध्यानाकर्षण गराउन किसानहरु सिंहदरबारमा

काठमाण्डौं। नेपाल कृषि उत्पादन तथा बजारिकरण सञ्जालले किसानहरुका थप ७ सुत्रिय माग लिएर हिजो श्रावण २५ गते सिंह दरवार छिरेको छ । यसअघि श्रावण ९ गते किसान आयोगमा सञ्जाले १४ सुत्रिय माग पेश गरेको थियो ।

गोलभेंडा लगायतका हरियो तरकारीको मुल्य २ रुपयाँ पनि नपाएपछि राहत तथा क्षतिपुर्ति माग गर्दै किसानहरु किसान आयोग पुगेका थिए । लिखित माग पेश गरेको हप्तौं बितिसक्दा पनि सरकारले सरकारले राहत नदिएपछि सञ्जालले सरकारको गम्भीर ध्यानाकर्षण गरेको हो ।

सरकारको गम्भीर ध्यानाकर्षण गराउन किसानहरु सिंहदरबारमा

आयोगका अध्यक्ष चित्रबहादुर श्रेष्ठले सचिवालयको पूर्ण बैठक बस्दै आयोगले सरकारलाई दिएको सुझाव कार्यन्वयन हुन नसकेकोमा आयोग नतमस्तक भएको बताए । आकस्मिक उपचारको माग गरेका किसानहरुलाई उपचार दिन नसकेकोमा आयोग स्वयमले अप्ठेरो महसुस गरेको बताए । किसानका समस्या समाधानका लागि गठन भएको आयोगले यस्ता जल्दाबल्दा समस्यामा सहयोग गर्न नसकेको उनको भनाई थियो । “सरकारको नियत किसानमुखी भए पनि समयमा किसानलाई राहत दिन सकिएन, यसमा आयोग पनि मर्माहत छ” उनले सरकारको बचाउ गर्दै भने ।

 

आयोगमा थप माग पेश गर्दै किसान सञ्जालका प्रतिनिधिमण्डल सिंहदरवार छिरेको थियो । सञ्जालका संयोजक रमेश पण्डित तुफानको संयोजकत्वमा सिंहदरवार पुगेको उक्त मण्डलले कृषि कृषि तथा पशुपंक्षी मन्त्री चक्रपाणी खनाल र सचिव युवकध्वज जिसिलाई अलग अलग भेट गरेको थियो । मण्डलले किसानहरुका तत्कालिन माग सम्बोधन नभएकोले किसानहरुले आन्दोलनको तयारी गरेको बताएको थियो ।

स्मरण रहोस, सञ्जालले किसानहरुमा माग पुरा नभए ‘आत्म हत्या कि आन्दोलन’ को बिकल्प नभएको सुझाएको थियो ।
मन्त्री खनालले किसानहरुका यही माग पुरा गर्न थप ६ वटा कृषि उपजहरुलाई भारत निकासीका लागि क्वारेन्टाईन का लागि सुचिकृत गर्न पत्राचार गरेको बताए । उनका अनुसार पराराष्ट्र मन्त्रालय मार्फत एउटा टोली बनाएर रोकिएको गोलभेंडा लगायत निकासीका लागि काम थालिएको बताए ।

सरकारको गम्भीर ध्यानाकर्षण गराउन किसानहरु सिंहदरबारमा

किसानका १४ सुत्रिय मागहरु के हुँदैछ भन्ने जिज्ञासामा कृषि सचिव जिसिले भने “कृन ठाउँमा कति गोलभेंडा रोकिएको हो बिवरण ल्याउनुस ।”  किसान आयोग तथा कृषि तथा पशुपंक्षी मन्त्रालयका उच्च अधिकारीहरुसँगको ध्यानाकर्षण पछि सञ्जालालका संयोजक तुफानले भने, “हाम्रो आन्दोलन कसैका बिरुद्ध होईन छैन । बजार र उत्पादनसँग सम्बन्धित सरकारका प्रमुख निकायहरुसँग हामी वार्ता मार्फत छलफल गछौं । निकास निस्किएन भने बारी बाटो र बजारसम्म आन्दोलन हुनेछ । कृषि र किसानका समस्यालाई यथावत राखेर मुलुक अघि बढन सक्दैन, सुखी र समृद्धीको कल्पना उत्पादककर्ता किसानले गर्न नसक्ने निश्चित छ ।”

सञ्जालको प्रतिनिधि मण्डलमा संयोजक तुफान लगायत सचिवालयका दिर्घजीवी पोखरेल, शिव अधिकारी, गीता रिजाल, राजकुमार श्रेष्ठ, सन्तोष बोगटी तथा रामकृष्ण श्रेष्ठ सहभागी रहेका थिए ।

Comments

comments