तामाङ  जातिमा विभिन्न थरहरु भएको पाइन्छ। ती थरहरुको अाफ्नो छुट्टाछुट्टै पहिचान र ऐतिहासिकता बोकेको हुन्छ।अाफ्नो वंशावली खोज र अनुसन्धान अनुरुप पाख्रिन तामाङ समाजको राष्ट्रिय प्रथम अधिवेशन शनिबार काठमाडौंमा सम्पन्न भएको छ।

उक्त राष्ट्रिय अधिवेशनबाट पाख्रिन तामाङ समाजको केन्द्रीय अध्यक्षमा सुनसरीका मणि लामा निर्वाचित भएका छन् । राजधानीमा भएको ऐतिहासिक प्रथम राष्ट्रिय अधिवेशनले मणिलाई पुनः सर्वसम्मत अध्यक्षमा निर्वाचित गराएको हो ।

समितिको उपाध्यक्षमा जय पाख्रिन (मोरङ), शम्भु पाख्रिन (चितवन) र मणि पाख्रिन(पर्सा) निर्वाचित भएका छन् ।

समाजको महासचिवमा छिरिङ दोेर्जे पाख्रिन, सचिवद्वयमा आरति पाख्रिन, प्रेम पाख्रिन निर्वाचित भएका छन् । कोषाध्यक्षमा प्रताप पाख्रिन र सह कोषाध्यक्ष मञ्जु पाख्रिन रहेका छन् ।

सदस्यहरुमा कुमार पाख्रिन, सोम्फे पाख्रिन, निशा पाख्रिन, आरके पाख्रिन, मानकाजि पाख्रिन, रामबहादुर पाख्रिन, वीर पाख्रिन, पवन पाख्रिन, दिपेश पाख्रिन, विश्व पाख्रिन, दिल कुमार पाख्रिन, सुप्पलाल पाख्रिन, हिक्मत पाख्रिन, पेम्बा छिरिङ पाख्रिन, श्याम पाख्रिन निर्मला पाख्रिन, सोनाम पाख्रिन, चन्द्र पाख्रिन, निर बहादुर पाख्रिन, हेमन्त पाख्रिन, अमृत पाख्रिन, लाक्पा पाख्रिन निर्वाचित भएका छन् ।

शनिबार राजधानीमा भएको कार्यक्रममा ३ प्रदेशका भूमि व्यवस्था तथा कृषि विकास सहकारी मन्त्री दावा पाख्रिन, पूर्व कानून राज्यमन्त्री दिलमान पाख्रिन, नेपाल सरकारका प्रथम तामाङ जातिको सचिव धन बहादुर पाख्रिन, क्रान्तिकारी विद्यार्थी संघका केन्द्रीय अध्यक्ष रञ्जित तामाङ, पुर्व राजपरिषदका सदस्य वीरबहादुर तामाङ लगाएतको सहभागीता रहेको थियो ।

कार्यक्रममा नेपाल भरिका करीव तीन सय पाख्रिन वंशीयारहरुको सहभागीता रहेको पाख्रिन समाजले जनाएको छ ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।