काठमाडौं । जवर्जस्ती चन्दा असुलेको आरोपमा पक्राउमा परेका नेकपाका नेता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड)लाई ४८ घण्टाभित्र अदालतमा हाजिर गराउन आदेश दिएको छ ।
सर्वोच्च अदालतका न्यायाधीश ओमप्रकाश मिश्रको एकल इजलासले नेता प्रकाण्डलाई किन थुनामा राखिएको हो ? त्यसको जवाफसहित ४८ घण्टाभित्र अदालतमा हाजिर गराउन सोमबार सरकारका नाममा आदेश दिएको हो ।
नेता प्रकाण्ड पक्राउ परे लगत्तै नरेन्द्रबहादुर सिंह विश्वकर्माले सर्वोच्चमा उनको रिहाइको माग गर्दै निवेदन दिएका थिए । अवैध चन्दा उठाएको आरोप लगाउँदै बुधबार नेता प्रकाण्डलाई प्रहरीले काठमाडौंको क्षिणकालीबाट पक्राउ गरेको थियो ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।
















