दुध लोप्चन,

दक्षिण कोरिया । नागार्जुन गुम्बाले अाफ्नो बार्षिक कार्यक्रम अनुसार यस वर्ष पनि अकुपञ्चर विधिमार्फत निशुल्क स्वास्थ्य शिविर गर्ने भएको छ ।

शिविरमा विशेषज्ञाद्वारा हात खुट्टाको जोर्नी, ढाड तथा घाँटी दुखाई सम्बन्धि निशुल्क उपाचार तथा परिक्षण यही अगष्ट १९ तारिख अाइतबार हुने नागार्जुन गुम्बाका लामा प्रमुख उर्गेन लामाले बताए ।

निशुल्क स्वास्थ्य परीक्षण गरौं स्वास्थ रहाैँ भन्दै उक्त शिविरमा सहभागि भइ आफ्नो स्वास्थ्य परीक्षण गराई स्वस्थ रहन हुन प्रमुख उर्गेन लामाले अाग्रह समेत गरेका छन् ।

नागार्जुन गुम्बा जिहेंगमा हुने शिविर साे दिन बिहानकाे १० देखि १२ः३० सम्म हुने जनाएकाे छ ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।