काठमाडौं । काभ्रे जिल्ला नमोबुद्ध नगरपालिका वडा नं. ५ निवासी कलेजो पिडित कर्णबहादुर मोक्तानलाई उपचारको लागि आज (विहिबार) सहयोग रकम हस्तान्तरण गरेको छ ।

यूके र अमेरिकमा रहेका नेपालीहरुले संकलन गरेको रकम पिडित मोक्तानकी जीवनसाथी बैस्या तामाङलाई पत्रकार सम्मेलन मार्फत हस्तान्तरण गरेको हो । पिडित कर्णको उपचारको लागि उनको श्रीमतीलाई ८ लाख ४४ हजार ३ सय ५१ रुपैयाँ रकम हस्तान्तरण गरेका थिए ।

लौ हेर्नुहोस् भिडियोः

हस्तान्तरण कार्यक्रममा नेपाल तामाङ घेदुङका अध्यक्ष मोहन गोले लगायतले रकम हस्तान्तरण गरेका थिए । कार्यक्रममा रकम संकलन अभियानका संयोजक गुणबहादुर मोक्तान, पिडितको परिवार, आफन्तको उपस्थिति रहेका थिए । कार्यक्रमको सहजीकरण समाजसेवी टासी लामाले गरेका थिए ।

कलेजो पिडित कर्णबहादुरलाई तेन्जीको पहलमा यूकेबाट आर्थिक सहयोग

कलेजो पिडित कर्णबहादुर मोक्तानको उपचारको लागि यूकेमा रहेका नेपालीहरुले संकलन गरेको सहयोग रकम विहिबार हस्तान्तरण गरेको छ ।

यूकेमा बसोबास गर्दै आएका समाजसेवी तथा फास्ट एजुकेट, नेपाल यूकेका अध्यक्ष तेन्जी पाख्रिनको पहलमा संकलन भएको उक्त रकम आज (विहिबार पिडित मोक्तानका जीवनसाथी बैस्या तामाङलाई हस्तान्तरण गरेको हो । अध्यक्ष पाख्रिनको पहलमा १ लाख ४७ हजार ५ सय १३ रुपैयाँ रकम संकलन भएको थियो ।

रकम हस्तान्तरण कार्यक्रमलाई अनलाइन मार्फत सम्बोधन गर्दै अध्यक्ष पाख्रिनले कलेजो पिडित मोक्तानको शिघ्र स्वास्थ्य लाभको कामना गरेका थिए । आफूहरुले संकलन भएको रकमको सदुपयोग गर्न अनुरोध गर्दै पाख्रिनले यूकेमा रहेर मोक्तानको उपचारको लागि रकम सहयोग गर्ने नेपालीहरुलाई धन्यवाद दिएका थिए ।

विशेष गरि शिक्षाको क्षेत्रमा विभिन्न विद्यालय र विद्यार्थीहरुलाई सहयोग गर्दै आएका अध्यक्ष पाख्रिन समाजसेवामा निक्कै लामो समयदेखि लाग्दै आएकाछन् ।

यूकेबाट एच.के. मोक्तानको पहलमा कलेजो पिडित कर्णलाई आर्थिक सहयोग

कलेजो पिडित कर्णबहादुर मोक्तानलाई यूकेमा रहेका नेपालीहरुले संकलन गरेको रकम विहिबार पिडितको आफन्तलाई एक कार्यक्रमका बीच हस्तान्तरण गरेको छ ।

यूकेको टिलबुरीमा बसोबास गर्दै आएका समाजसेवी एच.पी. मोक्तानको पहलमा संकलन भएको उक्त रकम कलोजो पिडित मोक्तानकी जीवन संगीनी बैस्या तामाङलाई नगत हस्तान्तरण गरेको हो ।

समाजसेवी मोक्तानको पहलमा २ लाख रुपैयाँ रकम कलेजो पिडित कर्णलाई नेपाल तामाङ घेदुङको सभाहलमा पत्रकार सम्मेलन गरेर पिडितको आफन्तलाई हस्तान्तरण गरेको थियो ।

भिडियो मार्फत सम्बोधन गर्दै समाजसेवी मोक्तानले विरामी अवस्थामा रहेका कलेजो पिडित कर्णको स्वास्थ्य लाभको कामना गरेका थिए । उनले कलेजो पिडित कर्णलाई आर्थिक सहयोग गर्ने नेपालीहरुलाई धन्यवाद तथा कृतज्ञता प्रकट गरेका थिए ।

रकम हस्तान्तरणको सहजीकरण समाजसेवी टासी लामाले गरेको थिए । हस्तान्तरण कार्यक्रममा घेदुङका अध्यक्ष मोहन गोले, पिडितका आफन्त मिन्टु मोक्तान, आर्थिक संकलन अभियानका संयोजक गुणबहादुर मोक्तान लगायका उपस्थिति रहेका थिए ।

समाजसेवी एच.पी. मोक्तान को हुन् ?

समाजसेवी मोक्तानको पुख्र्यौली घर सिन्धुपाल्चोकको अन्तरबुङ हो । तर उनी भने ताप्लेजुङ थुम्बेदिनमा जन्मेका थिए ।
ब्रिटिष आर्मीमा भर्ती भई रिटायर समेत भईसकेका समाजसेवी मोक्तान नेपालमा विभिन्न संघसंस्था मार्फत समाजसेवा गरिसकेका छन् ।

उनी नेपाल बस्दा जापानीज संस्था रेयूकाई, नेपाल बौद्ध महासंघ, नेपाल तामाङ घेदुङ ललितपुर, नेपाल तामाङ पूर्व सैनिक एबम् प्रहरी संयुक्त समाज काठमाण्डौ लगायतका संस्थामा आबद्ध भई सेवा गरिसकेका छन् । त्यसैगरि तामाङ जागरणको लागि तामाङ भाषाको रेगियो कार्यक्रम भक्तपुर एफ. एम. बाट जोमजा गी समेत प्रायोजक गरी सञ्चालन ल्याउन सहयोग गरेका थिए ।

मोक्तान हङकङ पुगेर पनि नेपाल तामाङ घेदुङको अध्यक्ष भएर काम गरी सकेका छन् । उनी यूकेमा बस्दै आएपनि आफू बसेको ठाउँमा आफ्नो संस्कार, संस्कृति, धर्म, चाडपर्व जोगाउनको लागि ल्होछारलाई भव्य रुपमा मनाउँदै आएका छन् । हाल सन् २००८ साल देखि बेलायतको एसिक्स, टिलबुरीमा बसोबास गर्दै आएका छन् ।
यूकेबाट आर्थिक सहयोग गर्नेहरुको विवरण यस्तो छः

सी नेपालको पहलमा अमेरिकाबाट पिडितलाई आर्थिक सहयोग

सी नेपालको पहलमा अमेरिकामा रहेका नेपालीहरुले संकलन गरेको रकम विहिबार कलेजो पिडित कर्णबहादुर मोक्तानकी जीवन साथी बैस्या तामाङलाई हस्तान्तरण गरेको छ ।

तेमाल अनलाइनको फेसबुक पेजमा राखेको कलेजो पिडित कर्णबहादुर मोक्तानको भिडियो देखेपछि सी नेपालकी अध्यक्ष स्मीता लामाले अमेरिकमा बस्ने नेपालीहरुसँग सहयोगको याचना गरेकी थिइन् ।

तामाङ को–अपरेटिभ सोसाईटी अफ क्यालिफोर्निया, अमेरिकाका अध्यक्ष भोजकुमार दोङ र दावा मोक्तानको सक्रियतामा रकम संकलन भएको थियो । अमेरिकामा बसोबास गर्ने नेपालीहरुले २ लाख ३० हजार ९ सय ५९ रुपैयाँ रकम संकलन भएको थियो ।

पिडित कर्णको उपचारको लागि रकम संकलन जारी

कलेजो पिडित कर्णको उपचारको लागि ३५ लाख देखि ४० लाखसम्मको रकम आवश्यक रहेकोले सहयोग रकम संकलन जारी रहेको छ ।

हाल लाखको हाराहारीमा रकम संकलन भइसकेको आर्थिक सहयोग संकलकहरुले जानकारी दिएका छन् । पिडितको कर्णबहादुरको आर्थिक अवस्था अत्यन्तै कमजोर भएकोले उनको उपचारका लागि आर्थिक सहयोग गर्न सबैमा अनुरोध गरेको छ ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।