तामाङ प्रसारण दिवसमा तेमाल अनलाइनकर्मी सम्मानित

भक्तपुर । तामाङ भाषामा रेडियो कार्यक्रम प्रसारण भएको दिन भदौं १ गतेका दिन २४ औं तामाङ प्रसारण दिवसको अवसरमा तेमाल अनलाईनका कार्यकारी सम्पादक सुदिन लामा सम्मानित भएकाछन् ।

विगत एक दशक भन्दा अघिदेखि रेडियो कार्यक्रम छोर्वालाई काई सञ्चालन गर्दै आएका लामालाई नेपाल राष्ट्रिय तामाङ घेदुङले सम्मान गरेका हुन् । लामा लगायत धेरैजना रेडियोकर्मीहरुलाई सम्मान गरेको छ ।

प्रदेश नं.३ का उप सभामुख माननीय राधिका तामाङकी प्रमुख आतिथ्यमा रेडियोमा कार्यरत १४ जना रेडियोकर्मिहरुलाई सम्मान गरिएको थियो ।

२०५१ साल भदौ १ गते तामाङ इतिहासमै पहिलो पटक रेडियो नेपालबाट तामाङ भाषाको समाचार प्रसारण भएको थियो । सोही दिनलाई हरेक वर्ष तामाङ प्रसारण दिवसको रुपमा मनाउदै आईरहेको छ ।

सम्मानित हुनेहरुमा रेडियो नेपालका पूर्व सञ्चारकर्मी तथा तामाङ लेखक अमृत योन्जन, ध्यान बहादुर मोक्तान, रमिता बल, ईन्दिरा थिङलाई विषेश सम्मान तथा रेडियो नेपालकै सुर्य मोक्तान, भक्तपुर एफ.एम.का मोहन दोङ, रेडियो मिर्मिरेका विष्णु दोङ, थाहा सन्चारकी सन्चु ब्लोन, रेडियो सगरमाथाका बुद्ध योन्जन, रेडियो नमोबुद्धका जगतमान बल, रेडियो मनहरि हेटौंडा जयराम मोक्तान र रेडियो जन सञ्चारका सुदिन दोङ रहेका छन् ।

तामाङ प्रसारण दिवसमा तेमाल अनलाइनकर्मी सम्मानित भक्तपुर । तामाङ भाषामा रेडियो कार्यक्रम प्रसारण भएको दिन २४ औं तामाङ प्रसारण दिवसको अवसर तेमाल अनलाईनका कार्यकारी सम्पादक सुदिन लामा सम्मानित भएकाछन् । विगत एक दशक भन्दा अघिदेखि रेडियो कार्यक्रम छोर्वालाई काई सञ्चालन गर्दै आएका लामालाई नेपाल राष्ट्रिय तामाङ घेदुङले सम्मान गरेका हुन् । लामा लगायत धेरैजना रेडियोकर्मीहरुलाई सम्मान गरेको छ । प्रदेश नं.३ का उप सभामुख माननीय राधिका तामाङकी प्रमुख आतिथ्यमा रेडियोमा कार्यरत १४ जना रेडियोकर्मिहरुलाई सम्मान गरिएको थियो । २०५१ साल भदौ १ गते तामाङ इतिहासमै पहिलो पटक रेडियो नेपालबाट तामाङ भाषाको समाचार प्रसारण भएको थियो । सोही दिनलाई हरेक वर्ष तामाङ प्रसारण दिवसको रुपमा मनाउदै आईरहेको छ । सम्मानित हुनेहरुमा रेडियो नेपालका पूर्व सञ्चारकर्मी तथा तामाङ लेखक अमृत योन्जन, ध्यान बहादुर मोक्तान, रमिता बल, ईन्दिरा थिङलाई विषेश सम्मान तथा रेडियो नेपालकै सुर्य मोक्तान, भक्तपुर एफ.एम.का मोहन दोङ, रेडियो मिर्मिरेका विष्णु दोङ, थाहा सन्चारकी सन्चु ब्लोन, रेडियो सगरमाथाका बुद्ध योन्जन, रेडियो नमोबुद्धका जगतमान बल, रेडियो मनहरि हेटौंडा जयराम मोक्तान र रेडियो जन सञ्चारका सुदिन दोङ रहेका छन् । कार्यक्रमलाई सम्बोधन गर्दै उपसभामुख तामाङले समाज परिवर्तनको लागि सञ्चार क्षेत्रको अतिनै महत्वपूर्ण भूमिका रहने भएकोले सञ्चारकर्मीहरुले समाचारको सही स्रोत पत्ता लगाएर सत्यतथ्य अध्ययन गरेर मात्रै लेख्न अनुरोध गरिन् । बिना स्रोत र तथ्यहीन समाचारले समाजलाई कहिले पनि प्रगतितर्फ अघि नबढाउने भएकोले सञ्चारकर्मीहरु जिम्मेवार भएर लाग्नु पर्ने उनको जोड थियो । नेपाल राष्ट्रिय तामाङ घेदुङका संघीय अध्यक्ष तथा सम्मान कार्यक्रमका सभापति वीरबहादुर योञ्जनले सञ्चारकर्मीहरुले तामाङ समुदायको समाचार लेख्दा पक्ष–विपक्ष नछुटाइकन निष्पक्ष भएर समुदायको हितको लागि समाचार लेखन प्रकाशन र प्रसारण गर्न आग्रह गरे ।

कार्यक्रमलाई सम्बोधन गर्दै उपसभामुख तामाङले समाज परिवर्तनको लागि सञ्चार क्षेत्रको अतिनै महत्वपूर्ण भूमिका रहने भएकोले सञ्चारकर्मीहरुले समाचारको सही स्रोत पत्ता लगाएर सत्यतथ्य अध्ययन गरेर मात्रै लेख्न अनुरोध गरिन् । बिना स्रोत र तथ्यहीन समाचारले समाजलाई कहिले पनि प्रगतितर्फ अघि नबढाउने भएकोले सञ्चारकर्मीहरु जिम्मेवार भएर लाग्नु पर्ने उनको जोड थियो ।

नेपाल राष्ट्रिय तामाङ घेदुङका संघीय अध्यक्ष तथा सम्मान कार्यक्रमका सभापति वीरबहादुर योञ्जनले सञ्चारकर्मीहरुले तामाङ समुदायको समाचार लेख्दा पक्ष–विपक्ष नछुटाइकन निष्पक्ष भएर समुदायको हितको लागि समाचार लेखन प्रकाशन र प्रसारण गर्न आग्रह गरे ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।