दुध लोप्चन,

दक्षिण कोरिया । आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) दक्षिण कोरियाको दोस्रो कार्यसमितीको अध्यक्षमा गोकुल थोकर चयन भएको छ ।

अधिवेशन फोनिज कोरियाका अध्यक्ष पत्रकार मन्जु गुरुङको सभापतित्वमा उद्घाटन भएको अधिवेशनले फोनिज डट नेटका सम्पादक गोकुल थोकरको अध्यक्षतामा १० जनाको कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको हो ।

कार्यसमितिको उपाध्यक्षमा बाला राई, सचिवमा रेश्मा राई, सहसचिवमा शेर साङ्बो शेर्पा, कोषाध्यक्षमा अमिर योञ्जन र सदस्यहरुमा क्रमश सिमा लामा, बिमल लामा, सन्तलाल घिसिङ, लेशन गुरुङ, उत्तम खाजुमलाई चयन गरेका छन् । केही थप सदस्यहरु पहिको बैठकले चयन गर्ने महासंघले जनाएको छ ।

दोस्रो अधिबेशनको उद्घाटन प्रमुख अतिथि नेपाल पत्रकार महासंघ कोरिया शाखाको अध्यक्ष खेम कार्कीले गरेको थियो । अन्य अतिथिहरुमा आदिवासी जनजाति महासंघ दक्षिण कोरियाको सचिव युगेल शेर्पा, तामाङ पत्रकार संघ कोरियाको अध्यक्ष सिमा लामा, शेर्पा संघ कोरियाको अध्यक्ष शेरसाङ्बो शेर्पा, नेपाल फुटबल महासंघ कोरियाका अध्यक्ष कृष्ण तमु, पासाङ नोर्बु शेर्पा, थेजन नेपाली समाज कोरियाको अध्यक्ष गोबिन्द बस्तोलाको अतिथ्यतामा अधिवेशन सम्पन्न भएको छ ।

अधिवेशनमा उपस्थित प्रमुख अतिथी र अतिथिहरुले शुभकामना व्यक्त गर्दै फोनिजमा सम्बद्ध पत्रकारहरुले आदिवासी जनजातीको मूल मुद्दा र आवाजलाई निश्पक्ष रुपमा सक्रिय ढंगले आ-आफ्नो मिडियामा सम्प्रेषण गर्ने जोड दिन आग्रह गरेका थियो । प्रवास शाखा कोरियामा २०१३ मा स्थापना भएको थियो ।

अाइतबार सम्पन्न अधिवेशन कोरियाको थेजन सहरमा भएको अधिबेशनमा फोनिज शाखाको स्थापनादेखि अहिलेसम्म गरेका योगदानको कदर गर्दै फोनिज डट नेटको संचालक देबेन्द्र सम्वाहाङ्फेलाई सम्मान गरेको छ ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।