काठमाडौं । प्रदेश ३ को नामाकरण नेवा–ताम्सालिङ हुनुपर्ने माग राखेर १३ ओटै जिल्लामा धर्ना सहितको ज्ञापन पत्र बुझाउने भएको छ ।

नेवा ताम्सालिङ समन्वय समितिको आयोजनामा आगामी भदौ १३ गते प्रमूख जिल्ला अधिकारीमार्फत ज्ञापनपत्र बुझाउने भएको हो । नेवाः ताम्सालिङ समन्वय समितिको आईतबार नेवाः देय दबूको कार्यालयमा बसेको बैठकले उक्त निर्णय गरेको थियो ।

निर्णय अनुसार नेवाः ताम्सालिङ समन्वय जिल्ला समितिको संयोजनमा जिल्ला प्रशासन कार्यालय अगाडि एकघण्टा ब्यानर सहित धर्ना दिने र ज्ञापनपत्र बुझाउनुका साथै मुख्य चोकमा कोणसभा गर्ने भएको छ ।

समितिले विभिन्न जिल्लामा कमाण्डर समेत तोकिएको छ । जसअनुसार रसुवा जिल्लामा कुमार योञ्जन र अनुप सिं सुवाल, नुवाकोट जिल्लामा शाक्य सुरेन र बिजय लोप्चन, धादिङ जिल्लामा दिलमान पाख्रिन र राजभाई जकमी, दोलखा जिल्लामा रामकृष्ण ब्लोन र रञ्जना मास्के, मकवानपुर जिल्लामा जयप्रसाद गोले र भगवान शाक्य, सिन्धुली जिल्लामा मोहन गोले र माईलाबाबु द्यौला, रामेछाप जिल्लामा बाबु घिसिङ र सत्यनारायण डंगोल, सिन्धुपाल्चोक जिल्लामा दिलिप महर्जन र दावा लामा, काभ्रे जिल्लामा सुर्यमान दोङ र उमेश स्थापितलाई तेकिएको छ ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।