काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टी (ने क पा)का प्रदेश र जिल्ला कमिटी एकीकरण प्रतिवेदन धमाधम केन्द्रलार्इ बुझाउँदै छ । जसअन्तर्गत तीन वटा प्रदेशले सर्वसम्मत सिफारिस गरेका छन् । सर्वसम्मत सिफारिस गर्नेहरूमा ३, गण्डकि र ७ नम्बर प्रदेश रहेका छन् । उनीहरूले एकीकरणसम्बन्धी प्रतिवेदन सर्वसम्मत तयार पारेर महासचिव विष्णु पौडेललाई बुझाएका छन् । कतै सर्वसम्मत तयार भएका छन् भने कतै सिफारिसमै विवाद भएको छ ।

प्रदेश नम्बर ३ मा पूर्वएमालेले १० र पूर्वमाअोवादीले १० स्थानमा नेतृत्वको लिने गरि अाइतबार नेकपाका महासचिव बिष्णु पाैडेललार्इ कार्यदलले प्रतिवेदन बुझाएको छ ।

पूर्वएमालेबाट नेतृत्व लिने जिल्लाहरू

  • काठमाडौंमा रामशरण ढुंगाना
  • मकवानपुरमा बद्री लम्साल
  • धादिङमा नेत्रराज पौडेल
  • रसुवामा कर्णेल लामा
  • सिन्धुपाल्चोकमा झम्क नेपाल
  • दोलखामा भीम दाहाल
  • ललितपुरमा हरिकृष्ण व्यञ्जनकार

पूर्वमाअोवादीबाट  नेतृत्व लिने जिल्लाहरू

  • काभ्रेमा सुर्यमान दोङ
  • चितवनमा
  • सिन्धुलीमा
  • रामेछापमा
  • नुवाकोटमा

यी स्थानहरूमा पूर्वमाअोवादीले साथै युवा–विद्यार्थी विशेष र मजदुर विशेष जिल्ला कमिटीको नेतृत्व लिने भएको छ । त्यसैगरि भक्तपुर पनि पूर्वएमालेले लिने भएपनि विवादका कारण टुंगिएको छैन् । त्यस्तै चितवनमा माअोवादीले पाउने निश्चित भएपनि विवादका कारण नाम सिफारिस हुन नसकेको एक नेताले बताए ।

त्यसैगरि गण्डकी प्रदेशमा १ सय ८७ सदस्यीय प्रदेश कमिटीमा पूर्वएमालेबाट १ सय २ र माओवादीबाट ८५ जना रहने समझदारी भइसकेको छ । केन्द्रीय सचिवालयबाटै प्रदेश र जिल्लाको नेतृत्व टुंगो लाग्ने गरी पूर्वएमाले र पूर्वमाओवादीले अध्यक्ष र सचिवको छुट्टाछुट्टै नामसहितको सूची बुझाएको छ ।

एकल नाम सिफारिस भएकाहरू

  • गोरखामा प्रेम गुरुङ
  • कास्कीमा दामोदर बैरागी
  • लमजुङमा कृष्णराज अधिकारी
  • म्याग्दीमा हरिकृष्ण श्रेष्ठ
  • बाग्लुङमा कृष्ण पाठक
  • मुस्ताङमा रमेश भट्टचन
  • मनाङमा त्रिपल गुरुङ

संयुक्त नाम सिफारिस भएकाहरू

  • तनहुँमा भगवती न्यौपाने, विष्णुभक्त सिग्देल, रामचन्द्र तिम्सेना
  • पर्वतमा भक्त कुँवर, मेघनाथ सुवेदी
  • नवलपुरमा दीपक अधिकारी, जीवन श्रेष्ठ
  • स्याङ्जामा रामचन्द्र भट्टराई, कृष्ण खाण र उदय श्रेष्ठ

त्यसैगरि कर्णाली प्रदेशमा १ सय ७५ सदस्यीय कर्णाली प्रदेश कमिटीमा पूर्वमाओवादीबाट ८८ र एमालेबाट ८७ जना रहने र जिल्लाको नेतृत्व बराबर हुने गरी एकीकरण कार्यदलले प्रतिवेदन बुझाएपनि मुगु र कालिकोटको नेतृत्व विवाद बल्झिएपछि जिल्लाको नेतृत्वको नामसहित पुनः प्रतिवेदन बुझाउने गरी कार्यदलले छलफल गरिरहेको छ ।

यसअघि सिफारिस भएकाहरूमध्ये पूर्वएमालेले नेतृत्व लिने जिल्ला

  • सुर्खेत
  • दैलेख
  • डोल्पा
  • जुम्ला

यसअघि सिफारिस भएकाहरूमध्ये पूर्वमाओवादीले नेतृत्व लिने जिल्ला

  • सल्यान
  • जाजरकोट
  • पश्चिम रुकुम
  • हुम्ला

विवादका कारण टुंगो नलागेका जिल्ला

  • मुगु
  • कालिकोट

त्यसैगरि प्रदेश ७ कार्यदलले प्रदेश कमिटीका अध्यक्ष र सचिवसहितका सदस्यहरूको नाम सर्वसम्मत टुंगो लगाएको छ । जिल्ला नेतृत्व पनि पूर्वएमाले र पूर्वमाओवादी समूहले सर्वसम्मत भागबन्डा गरी प्रतिवेदन बुझाएको छ । प्रदेश ७ कमिटीको नेतृत्व पूर्वएमालेले गर्ने भएको छ । प्रदेश एकीकरण कार्यदलले अध्यक्षमा कर्णबहादुर थापा र सचिवमा लक्ष्मणदत्त जोशीको नाम सर्वसम्मत सिफारिस गरेको हो । थापा पूर्वएमाले र जोशी पूर्वमाओवादीका नेता हुन् ।

१ सय ८३ सदस्यीय प्रदेश कमिटीमा पूर्वएमालेबाट सय र माओवादीबाट ८३ जना सदस्य रहने गरी कार्यदलले महासचिव पौडेललाई प्रतिवेदन बुझाएको छ ।

पूर्वएमालेले नेतृत्व लिने जिल्ला

  • बाजुरा
  • अछाम
  • डोटी
  • कैलाली
  • बैतडी

पूर्वमाओवादीले नेतृत्व लिने जिल्ला

  • बझाङ,
  • डडेल्धुरा
  • दार्चुला
  • कञ्चनपुर
  • खबरडबली डटकमबाट

खबरडबली डटकमबाट

 

 

 

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।