मृगौला पिडित अमिनलाई यूकेबाट एच.के. मोक्तानको अर्थिक सहयोग
काठमाडौं । मकवानपुरका २१ वर्षको दुबै मृगौला पीडित अमिन सिंतानको उपचारको लागि यूकेबाट आर्थिक सहयोग गरेको छ ।

यूकेको टीलिबरी निवासी समाजसेवी एचके मोक्तानको पहलमा संकलन भएको २८ हजार रुपैयाँ रकम आईतबार पिडितलाई हस्तान्तरण गरेको हो । यस अघि समाजसेवी मोक्तानले कलेजो पीडित  काभ्रेका कर्णबहादुर मोक्तानको उपचारको लागि २ लाख रुपैयाँ रकम पठाएका थिए । मोक्तानले विभिन्न समस्यामा परेका नेपालीहरुलाई संस्थागत र व्यक्तिगत रुपमा सहयोग गर्दै आएकाछन् ।
पिडितलाई चाईल्ड स्पेश फाउन्डेशन, नेपालका अध्यक्ष टासी लामाले पिडितका निवासमै पुगेर उक्त रकम हस्तान्तरण गरेका थिए । साथमा अमिन सिंतान बचाऔं अभियानका संयोजक प्रतीक तामाङको समेत उपस्थिति रहेका थिए । आर्थिक अवस्था अत्यन्तै कमजोर रहेको अमिनलाई उपचारको लागि धेरै रकम लाग्ने भएपछि देश तथा विदेशमा आर्थिक सहयोगको याचना गरेका थिए ।