प्रदेश ३ सरकारले अब जनअपेक्षा अनुरुप गति लिने, हालसम्मक गरेका काम सार्वजनिक

हेटौँडा । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलको दैनिक कार्यतालिका सार्वजनिक गरिएको छ।

मुख्यमन्त्रीको सचिवालयले बुधबार कार्यतालिका सार्वजनिक गरेको हो। कार्यतालिका अनुसार बिहान ८ बजेदेखि ९स्३० सम्म पार्टी नेता तथा कार्यकर्तासँग भेटघाट गर्ने जनाइएको छ।

बिहान ११ः३० देखि १ः३० बजेसम्म मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र मन्त्रालयहरूको नीतिगत तथा आन्तरिक कार्यक्रम गरिने सचिवालयले जनाएको छ।

त्यसैगरी, आइतबार, सोमबार, बुधबार र बिहीबार दिउँसो १ः३० देखि २ः४५ बजेसम्म विभिन्न माग लिएर आउने व्यक्ति, संस्था र निकायका प्रतिनिधिसंग भेटघाट तथा छलफल गर्ने, मंगलबार र शुक्रबार विभिन्न विषयका विज्ञ समूहसँग छलफल गरिने जनाइएको छ। सोमबार, मंगलबार र बुधबार दिउँसो ३ बजेदेखि ४ः३० बजेसम्म प्रदेशसभा सदस्यहरूसँग, बिहीबार विदेशी निकायका प्रतिनिधिसँग, आइतबार स्थानीय तहका प्रतिनिधि र शुक्रबार सञ्चारकर्मीहरूसँग भेटघाट गर्ने भेटघाट गर्ने कार्यतालिका रहेको छ।

अपरान्ह ५ः३० देखि ७ बजेसम्म राजनीतिक व्यक्ति तथा पदाधिकारीसँग भेटघाटको कार्यतालिका तय भएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ। दैनिक काम र भेटघाटलाई व्यवस्थित गर्न दैनिक कार्यतालिका सार्वजनिक गरिएको मुख्यमन्त्रीका नीजि सचिव बद्रीबहादुर पाठकले जानकारी दिए। थाहाखबरबाट

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।