दुध लोप्चन,
दक्षिण कोरिया । प्रदेश ३ एकता समाज दक्षिण कोरियाले सल्लाहकारहरुलाई प्रमाण पत्र वितरण गरेको छ । सिउलमा अगष्ट १८ शनिवार गरेको कार्यक्रमले मनोनित सल्लाहकारहरुलाई प्रमाण पत्र दिएको हो ।
कार्यक्रमको प्रमुख आतिथ्य गर्दै श्रम सहचारी डिल्लीराम बास्तोलाले प्रवासमा रहेको युवाले अब earn, learn र Returns को भूमिका खेल्नु पर्ने बताउनु भएको छ । कोरियामा सम्भावना संगै चुनौती धेरै भएकोले समाधानको लागी प्रदेश ३ एकता समाजले सबै संस्थाहरुसंग हातेमालो गर्दै सामना गराउन अपील गरेको छ ।
प्रमुख अतिथी बास्तोलाले सल्लाहकारहरु सोम वाइबा तामाङ, सिताराम तिमल्सिना, राजकुमार गोले, लालकाजी बस्नेत, भोला पौडेल, नवराज खरेल, भिम खड्का, नारायण नेपाल, सञ्जिव भण्डारी, साजन शर्मा, यम श्रेष्ठ, जुनु गुरुङ, रन्जन राज कुवर, चित्र बहादुर मोक्तान, मनोज थापा, पर्शुराम सापकोटा, प्रकाश धमला, दिल श्रेष्ठ र नवराज शिवाकोटी गरि जम्मा १९ जनालाई प्रमाण पत्र दिएको हो ।
उक्त कार्यक्रमको सभापतित्व संस्थाका अध्यक्ष किशोर ब्लोन नियोगले गरेका थिए । सबैको रचनात्मक सुझाब सल्लाहले मात्र संस्था अगाडी बढाउन सक्ने सभापति नियोगले बताए । अर्को अतिथी एन.आर.एन.ए. दक्षिण कोरियाका अध्यक्ष लक्ष्मी लामा गुरुङले युवाहरु नै सामाजिक सेवामा सकृय रहनु पर्ने जोड दिएको छ ।
























