भक्तपुर । म्हेन्दोमायाका चर्चित गायक सागर एस वाईबाको एकल म्हेन्दोमाया साँझको तयारी पूरा भएको छ । म्हेन्दोमाया फाउन्डेसनको आयोजनामा भाद्र ९ गते काठमाण्डौंको राष्ट्रिय नाचघरमा आयोजना हुन् लागेको कार्यक्रमको तयारी पूरा भएको हो ।
सागर एस वाईवाको एकल प्रस्तुती रहने उक्त कार्यक्रममा उनका विभिन्न गीत संगितको भरपुर मनोरञ्जन लिन सकिने आयोजकले जनाएका छन् ।
सांगितिक कार्यक्रमको यात्रामा नेपालका विभिन्न स्थानमा आफ्नो प्रस्तुती दिई सकेका उनले अन्तराष्ट्रिय क्षेत्रमा पनि आफ्नो एकल साँझ गर्दै ख्याती कमाउँदै आएका छन् । उनले विदेशमा गरेका प्रस्तुतिमा कतार, दुबाई, मलेशिया, कोरिया,कुवेत, बेल्जियम, पोर्चुगल, फ्रान्स, होल्याण्ड यु.एस.ए सम्मको यात्रा गरि सकेका छन् । २०५८ साल देखि आफ्नो सांगितिक यात्रा थालनी गरेका उनले तामाङहरुमा विभिन्न देशमा एकल प्रस्तुति गर्नेमा आफ्नो नाम दर्ज गर्दै आएका उनको भाद्र ९ गते राष्ट्रिय नाचघरमा आफ्नो प्रस्तुतिको तयारी पूरा भएको जनाएका छन् ।
सागर एस् वाइबाको एकल म्हेन्दोमाया साँझको तयारी पूरा
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।
























